ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘संसद कानुन बनाउनेभन्दा अन्तै अल्मलियो’


एबीसी न्यूज
१४ बैशाख २०८१, शुक्रबार   ३ : ०४   बजे

काठमाडौं १४ बैशाख । नेपाली कांग्रेसका सांसद डा।सुनिल शर्माले मुलुकको सार्वभौम संसद् कानुन बनाउने काममा भन्दा पनि अन्यत्रै अल्मलिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसदको मुख्य काम मुलुकका लागि आवश्यक कानुन निर्माण गर्नु भएपनि कानुन निर्माणको सट्टा संसद अरुनै मुद्दामा अल्मलिएको बताउनुभएको हो ।

सांसद डा।शर्माले भन्नुभयो, “वर्तमान प्रतिनिधिसभाको १७ महिना अवधिमा संसदमा नीति र योजनाका कुरा कति उठे र कानुन कति बने भन्ने प्रश्न गर्ने हो भने यसको गतिलो जवाफ दिने ठाउँ छैन । संसदले आफ्नो भूमिका र दायित्वको काम कति गर्यो भनेर अनुसन्धान गर्ने हो भने मलाई लाग्छ संसद यो अवधिको आफ्नो ९० प्रतिशत समय दलहरुबिचको आपसी झगडामै बिताएको छ ।”

संसद अधिवेशन जारी रहेको अवस्थामा गम्भीररुपले आफ्नो दायित्व बमोजिमको काम नगर्ने अनि अधिवेशनको अन्त्य गरेर अध्यादेशबाट कानुन ल्याउनुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । सांसद शर्माले ठूला पार्टीका ठूला नेताहरु चुनाव लड्न डराउने र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद आएर शक्तिशाली मन्त्रालय खोज्ने प्रवृत्ति गलत रहेको बताउनुभयो । देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र साना व्यवसायीहरुको झन ठूलो समस्या रहेकाले सरकारले व्यवसायीहरुलाई काम गर्ने वातावरणका साथै आवश्यक सहुलियतका कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो ।

छिटोछिटो सरकार परिवर्तन हुने गरेका कारण देशमा निर्माणका काम हुन नसकेका र यसका कारण अर्थतन्त्रमा पनि असर परेको उहाँले बताउनुभयो । मुलुकको अर्थतन्त्रमा सुधार ल्याई रोजगारीका अवसरहरु सिर्जना गर्ने र यसबाट देशबाट युवा पलायनको अवस्थालाई रोक्नका लागि स्थायी सरकार आवश्यक रहेको उहाँको भनाई थियो । देश यसै गरी चल्ने र राजनीतिक स्थायित्व कायम गर्न नसकिने हो भने नागरिकमा निरासाको तह झन बढ्ने भन्दै उहाँले मुलुकका प्रमुख राजनीतिक शक्तिहरुलाई समयमै सोच्न पनि सुझाउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu