ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोका-कोलाले नेपालमा पाएको सफलता देखेर अन्य कम्पनी पनि लगानी गर्न चाहेका छन् : अतुल कश्यप


एबीसी न्यूज
१६ बैशाख २०८१, आइतबार   ३ : १७   बजे

काठमाडौं १६ बैशाख । दक्षिण एसियाका लागि अमेरिका चेम्बर्स अफ कमर्सका उपाध्यक्ष अतुल कश्यपले नेपालको पूर्वाधार, कृषि, जलविद्युत्, बैंकिङ र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका छन्।

नेपालले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘हामी नेपालमा निजी लागानीको लागि यो पहलको समर्थन गर्छौँ। नेपाली आईसीटी पूर्वाधार, कृषि, जलविद्युत् तथा बैंकिङ क्षेत्रमा लागि गर्न तयार छौँ।’

नेपालले यो आयोजना गरेकामा खुसी व्यक्त गरे। अमेरिका र नेपालको सम्बन्ध अत्यन्त पुरानो रहेको भन्दै उनले नेपालले भूकम्पपछि गरेको रुपान्तरणको तारिफ गरे।

यो सम्मेलनले विश्वसामु नयाँ सन्देश दिएको उनको भनाइ थियो।

नेपाली आईटी क्षेत्रलाई सम्भावनाको क्षेत्र भन्दै उनले यस क्षेत्रमा लगानी गरेर नेपाललाई आईटी हबको रुपमा विकास भएको देख्न चाहेको उल्लेख गरे।

उनले सहकार्यका लागि तयार रहेको बताए।

नेपाली जलविद्युत् क्षेत्र नेपालको समृद्धि मात्र नभएर सबैको लागि हरित ऊर्जाको चासोको विषय भएको उल्लेख गरे।

उनले कोका(कोला कम्पनीले नेपालमा गरेको सफलता जस्तै अन्य कम्पनीले समेत नेपालमा लगानी गर्न चाहेको बताए।

नेपालले यो उत्साहका साथ लागानीमैत्री वातावरण बनाउँदै जाने हो भने आगामी २० वर्षमा नेपाल विकसित राष्ट्र बन्न कसैले रोक्न नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu