ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांस्कृतिक सम्पदाहरुको पर्यटकीय पर्वद्धनका लागि ‘सम्पदा पदयात्रा’


एबीसी न्यूज
१६ बैशाख २०८१, आइतबार   ७ : २३   बजे

काठमाडौं, १६ वैशाख, । चन्द्रगिरी नगरपालिका का युवाहरुको संजाल चन्द्रागिरी हाइकर्स कमिटी (सिएचसि) ले चन्द्रागिरी नगरपालिका भित्र रहेको धार्मिक, ऐतिहासिक एवम सांस्कृतिक सम्पदाहरुको पर्यटकीय पर्वद्धनका लागि ‘सम्पदा पदयात्रा’ आयोजना गर्ने भएको छ ।

पालिका भित्र रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको पर्वद्धन गर्न बैशाख २२ नगरपालिका सवै वडामा रहेका संस्कृतिक एवम ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकन गर्ने गरी सम्पदा पदयात्रा आयोजना गर्न लागिएको सिएचसीले जनाएको छ ।

नगरपालिका भित्र रहेका पर्यटकीय सम्पदाहरुको वास्तिवक अवस्था के कस्तो छ त्यसको अवलोकन गर्न र स्वास्थ्यका लागि हिडाईको महत्व बुझाउन नगरपालिकाको सहकार्यमा सम्पदा पदयात्रा कार्यक्रम राखिएको सिएचसीका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिए ।

”आफ्नो गाँउ ठाउँमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र पर्वद्धनमा योगदान पुर्याउनु नगरबासीको कर्तव्य हो । यी सम्पदाहरुको संरक्षण प्रवद्धनमा युवाहरुको भूमिका बुझाउन र स्वास्थ्यका लागि हिडाइ आवश्यक छ भन्ने सन्देश दिन यो सम्पदा पदयात्रा गर्न लागेका हौ’’ अध्यक्ष गोपालीले भने ।

सम्पदा पदयात्रा आगामी बैशख २२ गते विहान ६ बजे नगरपालिकाको कार्यालयबाट सुरु हुने छ । पदयात्राका लागि रुट समेत निर्धारण गरिएको छ ।

नगरपालिकाबाट सुरु भएको पदयात्रा बालम्बु त्रिवेणी घाट ,गणेश स्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, माता तिर्थ मच्छेगाउँ, टौखेल, विष्णुदेवि मन्दिरहुँदै नैकापको खेलमैदानमा आएर समापन हुने अध्यक्ष गोपालीले जानकारी दिए ।

सम्पदा यात्रको दुरु २२ किलोमिटर रहेको र बैशाख २२ मा हुने पदयात्रामा २२ सय बढी पैदलयात्री सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu