ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद


एबीसी न्यूज
१७ बैशाख २०८१, सोमबार   १ : ०३   बजे

काठमाडौं १७ बैशाख । सशस्त्र प्रहरी बल नेपाल नं। ३० गण हेडक्वाटर वागेश्वरी गण बाँकेले आइतबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलीगरी नेपाल ल्याइएका ६ लाख रुपियाँ बढीको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल वागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले आइतबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छलेर नेपाल ल्याइएको ६ लाख २४ हजार ४० रुपियाँ बराबरका सामान बरामद गरेको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा १५ पिप्रहवाबाट भन्सार छली गरेर ल्याइएका एक लाख ५० हजार रुपियाँ बराबरको एक सय थान किप्याड मोबाइल, दुई लाख ३४ हजार चार सय नौ रुपियाँ बराबरका लत्ताकपडा, चिसो पेय पदार्थ, सुर्तीजन्य पदार्थ तथा किराना सामग्री र ७९ हजार पाँच सय रुपियाँ बराबरको तरकारी बरामद गरेको हो ।

त्यसैगरी सशस्त्रको जमुनाहस्थित बिओपीले जमुनाह नाकाबाट भारतबाट ल्याउँदै गरेका ४२ हजार सातसय रुपियाँ बराबरको अवैध लत्ताकपडालगायतका अन्य सामग्री बरामद गरेको छ । आइतबार नै कालाबञ्जार बिओपीबाट खटिएको सशस्त्र प्रहरी टोलीले डुडुवा गाउँपालिका वडा नं। ६ कालाबञ्जारबाट भन्सार छली गरेर ल्याइएका ल्याइएको १७ हजार एक रुपियाँ बराबरको लत्ताकपडालगायतका अवैध सामग्री बरामद गरेको डाँगीले बताउनुभयो ।

बरामद गरिएका सबै अवैध सामग्रीहरुलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सिमाक्षेत्रमा हुने सबै किसिमका अवैध तस्करीलगायतका अन्य गतिविधिहरु रोकथाम तथा न्यूनीकरण गर्न त्यसका विरुद्ध सशस्त्र प्रहरीले सिमानाका क्षेत्रमा कडा निगरानी गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group