ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थ आयातमा कमी


एबीसी न्यूज
१७ बैशाख २०८१, सोमबार   २ : ०६   बजे

काठमाडौं १७ बैशाख । भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ । विगतका वर्षको तुलनामा चालु वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिना ९साउन देखि चैत मसान्तसम्म० बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलो लिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६३ करोड ३९ लाख ९५ हजार राजस्व सङ्कलन भएको छ ।

गत वर्ष यो अवधिमा बेलहिया हुँदै ४७ हजार एक सय किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्व ६९ करोड ८४ लाख ७८ हजार रुपियाँ संकलन भएको थियो । नौं महिनामा पेट्रोल आयात एक हजार एक सय किलो लिटर कम भए पनि डिजेल आयातमा भने गत वर्षको तुलनामा नौ हजार किलोलिटर भन्दा बढी फरक छ ।

भन्सार कार्यालयका अनुसार गत वर्ष यही अवधि नौं महिनामा ४६ हजार दुई सय ६४ किलो लिटर डिजल आयात हुँदा एक अर्व ४५ करोड २४ लाख ४० हजार रुपियाँ राजस्व संकलन भएको छ । चालु वर्षको नौं महिनामा डिजेल आयात खस्केर ३६ हजार आठ सय ३६ किलो लिटर भएको छ । चालु वर्ष चार अर्व तीन करोड १० लाख १८ हजार रुपियाँ बराबरको डिजेल आउँदा एक अर्व ५२ करोड २३ लाख २५ हजार रुपियाँ राजस्व डिजेलबाट प्राप्त भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष डिजेल पेट्रोलको मूल्य बढी भएका कारण यस वर्ष इन्धन आयात कम हुँदा पनि राजस्व भने केही बढेको छ । यद्यपि आयात घट्दा राजस्व कम हुनु स्वाभाविकै रहेको र अहिले खपत पनि कम हुने गरेको इन्धन व्यवसायी एवं नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय सदस्य राजु न्यौपानेले बताउनुभयो ।

यो नाका हुँदै आउने डिजेल, पेट्रोल नेपाल आयल निगमको भलवारीस्थित डिपोमा भण्डारण पछि रुपन्देही, कपिलबस्तु, पश्चिम नवलपरासी, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, दाङ, रोल्पा, रुकुम, प्यूठान तथा काठमाडौं पठाउने गरिन्छ । निगमको भलवारीस्थित इन्धन भण्डारण डिपो कम क्षमताको भएको र यहाँको भण्डारण इन्धनले १४ दिनभन्दा बढी नधान्ने भएकाले इन्धनको भण्डारण क्षमता ठूलो बनाउने भन्दै रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकाको सिमानामा रहेको रोहिणी खोलाको बगरमा भण्डारण स्थल निर्माण कार्य गत साता मात्र सुरु भएको छ ।

इन्धन आयात कम हुँदा त्यसको प्रभाव भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत परेको छ । भन्सार राजस्वमा डिजेल र पेट्रोल बढी राजस्व दिनेमध्ये एक रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ूडिजेल र पेट्रोलबाट चल्ने साना सवारीको सट्टा अहिले विद्युतीय सवारीले बजार लिनु, मोटरसाइकल प्रयोगकर्ता कम हुनु लगायतका कारणले डिजेल र पेट्रोलको आयात कम भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group