ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पत्रकारको पेशागत सुरक्षा र संस्थागत विकासको लागि प्रदेश सरकार प्रतिबद्ध छ’


एबीसी न्यूज
१७ बैशाख २०८१, सोमबार   ४ : २९   बजे

काठमाडौं १७ बैशाख । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले पत्रकारिता क्षेत्र र पत्रकारहरुको समस्याप्रति प्रदेश सरकार संवेदनशिल रहेको बताउनुभएको छ । सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल लोहजरामा नेपाल पत्रकार महासंघ सप्तरीको ११ औं अधिवशनमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री लेखीले पत्रकारको समस्याप्रति गम्भीर रहेको बताउनुहुँदै पत्रकारहरुको पेशागत सुरक्षा र संस्थागत विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा रहेको तमाम समस्यालाई सम्बोधन हुने गरी कार्ययोजना पेश गर्न र छलफल गर्न पत्रकार महासंघका जिल्ला तथा प्रदेश नेतृत्वलाई आग्रह गर्नुभयो ।

लोक कल्याणकारी विज्ञापानमा प्रदेश सरकारले कटौती गरी पत्रकारलाई सुविधाबाट बन्चित गर्नु न्याय पूर्ण नभएको बताउनु हुँदै प्रदेशभरी रहेका सञ्चार माध्यमलाई दिने सुविधा वार्षिक २५ लाख यो न्यायसङ्गत नभएकोले प्रदेश नेतृत्वलाई ५० करोडको कार्ययोजना बनाएर पेश गरेमा कार्यान्वयन तर्फ लाने जिम्मा आफूलाई भएको बताउनुभयो ।

मन्त्री लेखीले संघ सरकारले बजेटमा प्रदेश सरकार र स्थानीय सरकारमाथि भेदभाव गरी केन्द्रले ८० प्रतिशत बजेट राख्ने र सातवटा प्रदेश र ७ सय ५३ स्थानीय तहलाई २० प्रतिशत बजेट बिनियोजन गरेर केन्द्र सरकारले विभेद गरेको आरोप लगाउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब दिपेन्द्र चौहान, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्ण महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पूर्व केन्द्रिय सदस्य अबधेश झा, पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविन, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व सभापति बैथनाथ झा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

उद्घाटन समारोह पश्चात् बन्द सत्रमा आर्थिक, प्रगति, साँगठानिक तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरी छलफल पश्चात परिमार्जण गर्ने गरी अवेर राती पारित भएको पत्रकार महासंघ सप्तरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group