ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोजपुर दुर्घटना २ को मृत्यु १२ जना घाइते (नामावली)


एबीसी न्यूज
१८ बैशाख २०८१, मंगलबार   ११ : २०   बजे

काठमाडौं १८ बैशाख ।  भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ।

भोजपुरकै आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। भोजपुरबाट उदयपुर, धरान, इटहरी तर्फ जाँदै गरेका यात्रु सवार बोलेरो दुर्घटनामा परेको उनले जानकारी दिए।

‘दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २७ वर्षीया रुना राई र सुनसरीको धरान उपमहानगरपालिका ५ की ३६ वर्षीया शान्ति राईको मृत्यु भएको छ,’ इन्सपेक्टर राईले नेपालखबरसँग भने, ‘बोलेरोमा सवार १४ जनामध्ये १२ जना घाइते भएका छन्। त्यसमध्ये चार बालबालिकाको अवस्था गम्भीर छ।’

उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्दा मृत्यु भएको बताए।

दुर्घटनामा घाइते भएका घाइते भएका सबैको अहिले धरानमै उपचार भइरहेको छ। दुर्घटनामा बोलेरो चालक भोजपुर आमचोक गाउँपालिका(१ का ३६ वर्षीय प्रकाश राई पनि घाइते भएका छन्।

यी हुन् २ मृतक र १२ घाइते

१। जि। भोजपुर आमचोक गा।पा १० बस्ने वर्ष २७ की रुना राई घटनास्थलमा नै मृत्यु भएको । लाश पोस्टमार्टमको लागि प्रहरी कर्मचारीको साथ लगाई घोपा धरान पठाएको ।
२।जि। सुनसरी धरान उ।म।न।पा। ५ बस्ने वर्ष ३६ की शान्ति राईको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको।

पुरुष घाइतेहरु
१। चलाक जि। भोजपुर आमचोक गा।पा १ बस्ने अन्दाजी वर्ष ३६ को प्रकाश राई (टाउको,पेट , खुट्टामा चोट बोल्न सक्ने।
२। ऐ।ऐ। आमचोक गा।पा १ बस्ने वर्ष ३० को सुमन राई टाउकोमा चोट बोल्न सक्ने ।
३। ऐ।ऐ आमचोक गापा १० बस्ने वर्ष ६० को बीर बहादुर राई अनुहार र टाउकोमा चोट बोल्न सक्ने।

महिला घाइतेहरु
१। जि। सुनसरी धरान उ।म।न।पा। ५ बस्ने बस्ने वर्ष ३३ की श्रृजना राई ( अनुहार र टाउकोमा चोट अबस्था बोल्न सक्ने।
२। जि। भोजपुर आमचोक गा।पा १० बस्ने वर्ष ३१ सरस्वती राई अनुहार,पेट , टाउकोमा चोट बोल्न सक्ने।

बालक घाइतेहरु
१। जि। सुनसरी धरान उ।म।न।पा। ५।बस्ने दिनेश राईको छोरा वर्ष १३ को साईमन राई वायाँ खुट्टामा ठूलो चोट अवास्था मध्यम।
२। जि।भोजपुर आमचोक गापा १० बस्ने नविन राईको छोरा बर्ष ५ को सायल राई टाउको, खुट्टामा चोट बोल्न सक्ने।
३। ऐ।ऐ। बस्ने बिजय राईको छोरा ६ महिनाको अनर्प राई ९मृतक रुना राईको छोरा० टाउकोमा चोट अबस्था गम्भिर।
४। जि। सुनसरी धरान उ।म।न।पा। ५बस्ने रोशन राईको छोरा बर्ष ५ को खानुहाङ राई ९मृतक शान्ति राईको छोरा० निधारमा पिल्सिएको अबस्था गम्भिर।

बालिका घाईतेहरु
१। जि। सुनसरी धरान उ।म।न।पा। ५। बस्ने बर्ष १३ की लिजा राई टाउकोमा चोट बोल्न सक्ने।
२। ऐ।ऐ। बस्ने रोशन राईको छोरी बर्ष ९ की आशिका राई ९मृतक शान्ति राईको छोरी० बायाँ हातमा चोट अबस्था गम्भिर।
३। जि।भोजपुर आमचोक गापा १० बिजय राईको छोरी बर्ष (५ कि सृष्टी राई ९मृतक रुना राईको छोरी० अनुहारमा चोट अबस्था गम्भिर।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group