ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया काउन्सिल विधेयक : लगानीको जानकारी काउन्सिललाई दिनुपर्ने


एबीसी न्यूज
१८ बैशाख २०८१, मंगलबार   ११ : ४३   बजे

काठमाडौं १८ बैशाख । सञ्चार संस्थाका सञ्चालक तथा अध्यक्षले आफ्ना लगानीका व्यवसाय, क्षेत्र र स्रोतबारे मिडिया काउन्सिललाई जानकारी दिनुपर्ने व्यवस्थासहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका तर्फबाट राष्ट्रिय सभामा दर्ता मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सञ्चालक तथा अध्यक्षले सबै प्रकारका व्यवसायको लगानी र स्रोत पनि जानकारी दिनुपर्ने व्यवस्था प्रस्ताव गरेको हो ।

प्रस्तावित विधेयकको दफा १८ मा लगानीको जानकारी दिनुपर्ने व्यवस्था प्रस्तावित छ । प्रस्तावित व्यवस्थामा भनिएको छ, “सञ्चार संस्थाको अध्यक्ष वा सञ्चालकले आफ्नो लगानी भएको व्यवसाय, लगानीको क्षेत्र र स्रोतबारे काउन्सिललाई तोकिएबमोजिम जानकारी गराउनुपर्ने छ ।” विधेयकले सञ्चार संस्थाको परिभाषामा सबै प्रकारका सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई पनि समेटेको छ । जसको अर्थ त्यस्ता माध्यम सञ्चालकले आफ्ना अन्य लगानीको जानकारी पनि काउन्सिललाई दिनुपर्ने छ ।

सञ्चार संस्थाको परिभाषामा सामाजिक सञ्जाललाई पनि राखिएको छ । परिभाषामा भनिएको छ, “आमसञ्चारमाध्यम सञ्चालन गर्न प्रचलित कानुनबमोजिम स्थापना वा दर्ता भएको संस्था वा प्रतिष्ठान सम्झनु पर्छ र सो शब्दले कुनै व्यक्ति समूह वा संस्थाबिच एक अर्कासँग अन्तव्रिर्mयात्मक सञ्चार र विषयवस्तु प्रचार गर्ने उद्देश्यले स्थापित अनलाइन सञ्चार संस्था तथा सामाजिक सञ्जाललाई समेत जनाउँछ ।”

योग्यतामा सुधार

विधेयकको अन्तर्वस्तु र राजनीतिक विवादका कारण २०७६ सालमै विधेयक अघि बढाइए पनि सङ्घीय संसद्का दुवै सदनबाट पारित हुन सकेको थिएन । यसअघि विवादित मानिएको केही व्यवस्था यथावत् र केहीमा परिमार्जनसहित पुनः विधेयक दर्ता भएको हो । राष्ट्रिय सभाको तत्कालीन विधायन व्यवस्थापन समितिले परिमार्जन गरेका धेरै विषय विधेयकमा समेटिएका छन् ।

मिडिया काउन्सिल विधेयक पारितपछि अहिलेको प्रेस काउन्सिल भङ्ग हुने छ । तर कर्मचारी र संरचना रूपान्तरण हुने छन् । विधेयक पारित भएमा प्रेस प्रतिनिधि प्रमाणपत्र जारीको अधिकार पनि काउन्सिललाई हुने छ । पदाधिकारीमध्ये अध्यक्ष हटाउने प्रक्रियालाई न्यायिक बनाइएको छ ।

विधेयकले काउन्सिलको अध्यक्षका लागि सर्वोच्चको न्यायाधीशसरहको योग्यता तोकेको छ । सर्वोच्चको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता वा अधिवक्ताका रूपमा कम्तीमा १५ वर्षको अनुभव चाहिने व्यवस्था छ । यस्तै पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको व्यक्ति अध्यक्षका लागि योग्य हुने छ । सदस्यका लागि १० वर्षको अनुभव भए पुग्ने व्यवस्था छ । सदस्य प्रदेशगत रूपमा समेत समावेशी रूपमा प्रतिनिधित्व हुने गरी सिफारिस गर्नुपर्ने व्यवस्था प्रस्तावित छ ।

अध्यक्ष र पदाधिकारी सिफारिसका लागि सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा समिति बन्ने व्यवस्था प्रस्ताव गरिएको छ । सिफारिस संरचनामा यसअघि पनि आलोचना भएको थियो । विधेयकले काउन्सिललाई उजुरी लिने, सुनुवाइ गर्ने, मेलमिलाप गराउने, आचारसंहिता उल्लङ्घनमा कारबाही गर्नेलगायतका अधिकार दिएको छ । २०७६ को विधेयकले काउन्सिललाई २५ हजारदेखि १० लाखसम्म जरिबाना गर्न सक्नेसमेत अधिकार दिने प्रस्ताव गरेको थियो । उक्त व्यवस्था राष्ट्रिय सभाको समितिले सच्याएको थियो । क्षतिपूर्ति भराउने अधिकार जिल्ला अदालतलाई दिने गरी विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group