ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार यादव मृत्यु प्रकरण : ज्यान मार्ने धम्की आएको भन्दै निवेदन दिएका थिए


एबीसी न्यूज
१८ बैशाख २०८१, मंगलबार   १२ : १५   बजे

काठमाडौं १८ बैशाख । धनुषामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलेको छ ।

दुर्घटनाको १५ दिनअघि उनले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की आएको उल्लेख गरेर इलाका प्रहरी कार्यालय, जनकपुरधाममा निवेदन दिएको खुलेको हो ।

निवेदनमा उनले धनुषाकै विपक्षी विरेन्द्रकुमार यादवलाई केही नगरेपनि धम्क्याइरहेको भन्दै आवश्यक छलफल गरेर कानून अनुसार कारबाही गर्न माग गरेको देखिएको छ । यसको दुई सातापछि ११ वैशाखमा रेडियो धनुषाधामका सञ्चालक समेत रहेका २८ वर्षीय विनयको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले दुर्घटनाको दिन उनले चलाइरहेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा यादवको मृत्यु भएको बताएका थिए ।

मोटरसाइकल पछाडि बस्ने मृतकका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव समान्य घाइते भएको उनको भनाइ थियो । तर, पछाडि बसेको भनिएका लक्ष्मीनारायणले नै मोटरसाइकल चलाइरहेको दुर्घटना हुनुभन्दा केहिपरको सिसी टिभी फुटेज फेला परेको छ ।

‘सुरुमा लक्ष्मीनारायणले आफू पछाडि बसेको बयान दिएका थिए, अहिले उनले आफूले मोटरसाइकल चलाएको भनेका छन्’, डीएसपी अवा भन्छन् । मृतक विनयकुमारको परिवारले भने दुर्घटनालाई शंकास्पद भन्दै गम्भीर छानबिन गर्न माग गरेको छ ।

मृतक विनयका भाइ शंकर यादवका अनुसार, साथमा रहेका लक्ष्मीनारायणले फेरेको बयान र दुर्घटनापछि उनले ज्यान मार्ने धम्की दिएका वीरेन्द्र यादवलाई तीनपटक फोन डायल गरेको देखिएकाले रहस्यमय र शंकास्पद छ ।

‘४ बजेर १७ मिनेटमा लक्ष्मीनारायणले वीरेन्द्रलाई तीनपटक फोन गरेको लक्ष्मीनारायणको मोबाइलमा कल हिस्ट्री भेटिएको छ’, उनले भने, ‘यसले थप अनुसन्धान गर्नुपर्ने देखाएको छ ।’

शंकरका अनुसार, शान्ति सुरक्षाको माग गर्दै उजुरी परेका बेला लक्ष्मीनारायणले वीरेन्द्रले ‘केही गर्दैन, अघि नबढ्न’ भनेर सहमत गराएपछि विनय पछाडि हटेका थिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण लामा पनि त्यसबेला दुवै पक्ष सहमत भएर आएपछि थप प्रक्रिया अघि नबढाइएको बताउँछन् ।

परिवारका सदस्यहरुका अनुसार, विनय दिउँसै घरबाट निस्किएर लक्ष्मीनारायाणसहितका अरु साथीहरुसँग गएका थिए । राति लालगढको होटल मंगेश एण्ड गेष्टहाउसमा खाजा खाएर अवेर लक्ष्मीनारायणसहित फर्किएका थिए ।

‘होटलबाट उहाँले भाउजुलाई पठाएको सन्देशले पनि घटना शंकास्पद देखाउँछ’, शंकरले भने, ‘दाइले साथीहरुले आफूलाई घर आउन नदिँदा ढिलो भएको भन्दै भाउजुलाई म्यासेन्जरमा राति ११ बजेर ३२ मिनेटमा भ्वाइस म्यासेज पठाउनुभएको थियो ।’

धनुषाका प्रहरी उपरीक्षक ९एसपी० भुवनेश्वर तिवारी भने लक्ष्मीनारायणलाई हिरासतमै राखेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउँछन् । ‘अनुसन्धानको भइरहेकाले धेरै कुरा अहिल्यै बताउन त मिलेन तर, लक्ष्मीनारायण हिरासतमै छन् । विभिन्न कोणबाट अनुसन्धान जारी छ’, उनले भने ।

कांग्रेसनिकट पत्रकारहरुको भातृ संगठन नेपाल प्रेस युनियन, धनुषाले पनि सोमबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्मको प्राप्त तथ्य प्रमाणले घटना शंकास्पद रहेको देखिएको भन्दै सुक्ष्मरुपमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group