ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम सरकार विस्तारको तयारी, नाउपालाई कृषि मन्त्रालय दिने सहमति


एबीसी न्यूज
१८ बैशाख २०८१, मंगलबार   १२ : १९   बजे

काठमाडौं १८ बैशाख । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।  यस क्रममा आज ९मंगलबार० बिहान बसेको सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति नाउपा लाई थप एक मन्त्रालय दिने सहमति भएको छ।

नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्रालयसहित सरकारमा सहभागी गराउने सहमति भएको सोही पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री रहेका कैलाश चौधरीले बताए।

उनका अनुसार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने समझदारी बनेको छ। ‘प्रदेश प्रमुखको कार्यालयबाट शपथका लागि समय मागिएको छ। त्यसैअनुसार शपथ हुन्छ,’ उनले भने।

वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त सोडारीले अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। मुख्यमन्त्री बनेकै दिन उनले नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरे। त्यसो त त्यस दिन उनले नाउपाकै टीका थापालाई पनि बिनाविभागीय मन्त्री बनाउन खोजेका थिए। तर बिना मन्त्रालयको मन्त्री बन्न थापाले अस्वीकार गरिन्। अहिले उनै थापा कृषि मन्त्रालयको जिम्मेवारीसहित सुदूरपश्चिम सरकारमा सामेल हुन तयार भएकी हुन्।

सत्ता गठबन्धनका अन्य घटकलाई कति र कुन मन्त्रालय दिने भन्ने विषय अझै टुंगिएको छैन। नेकपा एमालेले तत्काल सरकारमा सामेल नहुने अडान लिइरहेको छ।

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै मुख्यमन्त्री सोडारीले सरकार विस्तार तथा विश्वास मतको गृहकार्य थालेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group