ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ६ मन्त्रालयका कार्ययोजना सार्वजनिक


admin
१० फाल्गुन २०७४, बिहिबार   ४ : २३   बजे

सुर्खेत, १० फागुन। प्रदेश नं ६ आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले मन्त्रालय सुधारको कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि तीनवटा योजना सार्वजनिक गर्नुभएको हो । मन्त्री भण्डारीले समृद्धिका लागि शान्ति सुरक्षा, डिजिटल प्रदेश निर्माण र कानून मस्यौदासम्बन्धी कार्यदल निर्माण योजना सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक गरिएका योजनाअन्तर्गत ४० वटा बुँदा रहेका छन् । मन्त्री भण्डारी प्रदेश नं ६ का मन्त्रालयमध्ये मन्त्रालयको कार्ययोजना सार्वजनिक गर्ने पहिलो मन्त्री हुनुभएको छ ।

 प्रदेश नं ६ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा डिजिटल प्रदेश निर्माण कार्यदल र मन्त्रालयका कानून अधिकृत तुलसा गैरेको संयोजकत्वमा कानून मस्यौदासम्बन्धी कार्यदल गठन गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

समृद्धिका लागि शान्ति सुरक्षाअन्तर्गत प्रदेशलाई समृद्ध बनाउन १५ दिनभित्र पर्यटन प्रहरीको व्यवस्था गर्ने, हरेक गाउँपालिका तथा नगरपालिकाका वडामा सुरक्षा समिति गठन गर्ने, सरकारी तथा गैरसरकारी संस्थामा जागिर गर्न हरेक व्यक्तिको चालचलन रिपोर्ट अनिवार्य बनाउने, सवारी अनुमतिबिना सञ्चालित सवारी साधनको रोकथामका लागि स्थानीय तहसँग आवश्यक समन्वय गर्नेजस्ता बुँदा रहेका छन् ।

त्यस्तै डिजिटल प्रदेश निर्माणअन्तर्गत प्रदेश नं ६ का १० वटै जिल्लामा प्रदेशबाट हेर्ने गरी सिसी क्यामेरा जडान गर्ने, हाल रहेका २१६ प्रहरी एकाइमा सञ्चार उपकरणको पर्याप्त व्यवस्था गर्ने, जाजरकोट, सल्यान र रुकुम जिल्लामा प्रहरी सञ्चारका लागि रिपिट टावरको व्यवस्था गर्ने, प्रदेशमा रहेका विशिष्ट व्यक्तिको आवागमन, निवास, कार्यक्रमस्थलमा जानकारी लिन सञ्चार प्रविधि जोड्ने, कर्णाली राजमार्ग तथा काठमाडौँ जाने ठूला बसमा जिपिएस जडान गर्ने, लगाएका योजना रहेको मन्त्री भण्डारीले बताउनुभयो ।

त्यस्तै कानून मस्यौदासम्बन्धी कार्यदलअन्तर्गत समृद्धिका लागी नमूना प्रदेश निर्माण गरिने जानकारी दिनुभयो । सुरक्षित प्रदेश सुरक्षित राजधानी बनाउनुपर्ने भएकाले सबैभन्दा पहिला शान्ति कायम हुनुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

शान्ति नहुने ठाउँमा समृद्धि नहुने भन्दै मन्त्री भण्डारीले समृद्ध प्रदेश निर्माणका लागि विशेष सुरक्षा योजना लागू गरिने बताउनुभयो । यही फागुन १९ गते प्रदेशभरिका सबै प्रहरी एकाइमा समृद्धिका लागि सुरक्षा योजना उद्घाटन गरी लागू गरिने जानकारी दिनुभयो । अब प्रदेशका आवश्यकताका आधारमा प्रदेश कानून बनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group