ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ६ मा सुरक्षा व्यवस्थापनका लागि कार्यदल गठन


admin
१० फाल्गुन २०७४, बिहिबार   ४ : ४६   बजे

काठमाडौं, १० फागुन । प्रदेश नम्बर ६ को शान्ति सुरक्षालाई व्यवस्थित गर्नका लागि तीन वटा कार्यदल गठन गरिएको छ।

प्रदेश समृद्धिका लागि शान्ति सुरक्षालाई पहिलो आधार बनाएर तीन कार्यदल गठन गरिएको हो।

यहि फागुन १९ गतदेखि काम गर्ने गरी तीन वटा कार्यदल गठन गरिएको हो।प्रदेशको सुरक्षालाई मजबुत बनाउन कार्यदलले काम गर्ने छ। ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक सुरेश विक्रम शाहको संयोजकत्वमा ‘समृद्धिका लागि शान्ति सुरक्षा’ कार्यदल गठन गरिएको छ।

समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप–सचिव भक्तबहादुर कार्की, सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार खिउजु र प्रहरी निरीक्षक जनकराज छन्।

यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप(सचिव कार्कीको संयोजकत्वमा ‘डिजिटल प्रदेश निर्माण’ कार्यदल गठन गरिएको छ।

कार्कीको संयोजकत्वमा गठन भएको कार्यदलमा ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीबहादुर वली, क्षेत्रीय हुलाक निर्देशनालयका निर्देशक रेखा गौतम, रेडियो नेपालका प्रमुख राम पुकार राम, नेपाल टेलिकमका प्रमुख नमराज खतिवडा र पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती छन्।

यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत तुलसा गैह्रेको संयोजकत्वमा चार सदस्यिय कानून मस्यौदासम्वन्धि कार्यदल गठन गरिएको छ। जसमा मन्त्रालयका लेखा अधिकृत प्रविन सारु, कम्प्यूटर अपरेटर रुद्रबहादुर भण्डारी, खरिदार दविलाल बुढा रहेका छन्।

कार्यदलहरुले प्रदेश समृद्धिका लागि शान्ति स्थापना, डिजिटल प्रदेश निर्माणको अध्ययन र आवश्यक कानून निर्माण तथा सुझाव संकलन गर्नेछ।

गृहमन्त्रालयलाई कार्यक्षेत्र बनाएको मन्त्रालयले प्रदेशको समृद्धि र विकासका लागि आवश्यक सुरक्षा व्यवस्था सम्वन्धि आमनागरिकबाट सुझाव संकलन थालिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले अबको केही महिनामा ६ नम्बर प्रदेशलाई शान्ति र सुरक्षाका हिसावले अब्‍बल प्रदेश बनाइने बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group