ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रम बारे छलफल गर्न सभामुखले बोलाए कानुन मन्त्रीसहितको बैठक


एबीसी न्यूज
३० बैशाख २०८१, आइतबार   ११ : ५३   बजे

काठमाडौं ३० बैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न न्याय तथा संसदीय मामिलामन्त्रीसहितको बैठक बोलाएका छन्।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल गर्न सभामुखले दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतक, सचेतकलाई बोलाइएको प्रेस विज्ञ अधिकारीले जानकारी दिए।

 

यही जेठ १ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्‌मा पेस गर्ने तयारी गरेको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठकमा अवरोध जारी राखेको प्रमुख प्रतिपक्षी कांग्रेससँग आजै बिहान प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीसँग भेटवार्ता गर्न आइतबार बिहान ९ बजे कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्ण सिटौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

उनीहरूबीच झन्डै २ घण्टा वार्ता भएको थियो। निर्णय सार्वजनिक हुन भने बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group