काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी नीति कार्यक्रम सहज ढंगले अगाडि बढ्ने बताएका छन् ।बालुवाटारमा प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफलपछि प्रधानमन्त्रीले सोमबार बेलुकीसम्म सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएका थिए ।
लेखकले प्रधानमन्त्रीसँग पार्टीले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग दोहोर्याएको बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्