ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दै : उपप्रधानमन्त्री श्रेष्ठ


एबीसी न्यूज
३१ बैशाख २०८१, सोमबार   १२ : ०६   बजे

काठमाडौं ३१ बैशाख । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘हामीले उपचारको धेरै कुरा गर्छौं । रोग लाग्न नदिने कुरामा ध्यान दिन सकेका छैनौं । रोग लाग्नै नदिने विषयमा केन्द्रित हुन सके स्वास्थ्य क्षेत्रमा सकारात्मक सुधार हुने थियो ।’’ साथै उहाँले आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘नेपालको बजेट प्रणालीमा सबै खर्च रोग, त्यसको उपचार र साधनस्रोतमा खर्च भइरहेको छ । यसको एउटा हिस्सालाई रोकथाममा खर्च गर्न जरुरी छ । यसका लागि हामीले यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेका छौं ।’’

योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो । यो हाम्रो जीवनशैली हो । यसले मानसिक र शारीरिक स्वास्थ्यको प्रवर्द्धन गर्नुपर्ने बताउनुहुँदै मन्त्री श्रेष्ठले स्वास्थ्यको बहस गर्दा योग र ध्यानलाई छुट्याउन नहुनेमा जोड दिनुभयो ।

साथै, मन्त्री श्रेष्ठले यो सम्मेलनबाट आउने निचोडले नीति नियम बनाउन स्वास्थ्य क्षेत्रको बजेट विनियोजन गर्न सहयोग पुग्ने जिकिर गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा।डा। भगवान कोइरालाले स्वास्थ्य सेवाका विविध पक्षमा बहसको आवश्यकता रहेको बताउनुभयो । नेपालमा हालसम्म आउँदा जनताको स्वास्थ्य सेवामा राज्यले लगानी गर्ने र सहजीकरण गर्ने अवस्था आएको भन्दै अब स्वास्थ्य सेवाका मोडलहरुका बारेमा चर्चा गने बेला आएको बताउनुभयो ।

स्वास्थ्य सम्मेलनको क्रममा विभिन्न ६ वटा विषयमाथि विज्ञहरुका बिचमा छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक फेरि अघि बढाइँदै, प्रदेश–प्रदेशमा सुझाव सङ्कलन

वाम आन्दोलन अब के गर्ने? एउटै मञ्चमा शंकर, घनश्याम र शक्ति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu