ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले सरकारलाई नीति तथा कार्यक्रम पेस गर्न दिने


एबीसी न्यूज
१ जेष्ठ २०८१, मंगलबार   ११ : ४८   बजे

काठमाडौं १ जेठ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनेबारे छलफल भएको छ ।यद्यपि कांग्रेसले औपचारिक रूपमा भने निर्णय सार्वजनिक गरेको छैन।

राष्ट्रपति पौडेलले दिउँसो ३ बजे संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ । कांग्रेसले नीति तथा कार्यक्रम पेस गर्न दिए पनि त्यसमाथिको छलफलमा भने अवरोध गर्ने जनाएको छ ।

मंगलबार बिहान मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री गगन थापालाई सहकारीमा समस्या समाधान हुने भन्दै सदनमा अवरोध नगर्न आग्रह गरेका थिए ।

छलफलका लागि प्रधानमन्त्री दाहालले बोलाएपछि कांग्रेसबाट महामन्त्री थापा र प्रमुख सचेतक लेखक बालुवाटार पुगेका थिए । छलफलमा प्रधानमन्त्री दाहालले सहकारीका समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढिरहेको जानकारी दिएको प्रमुख सचेतक लेखकले बताएका थिए । कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न संसदीय समिति बन्नुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu