काठमाडौं १ जेठ । आगामी वर्षबाट कृषिमा लगानी दशक सुरु गरिने भएको छ। खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुन लगानी दशक घोषणा गर्ने भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारी, नीजि र सरकारी लगानी कृषि क्षेत्रमा गरिने जानकारी गराए।
त्यस्तै, बिउबिजनमा आत्मनिर्भर हुने सरकारको नीति छ। ‘कृषीमा आधारिक उद्योगीलाई सहज रुपमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नेछ,’ राष्ट्रपति पौडेलले भने, ‘कृषि क्षेत्रको उत्पादनदेखि बजारसम्मको इकोसिस्टम बनाई कार्यन्वयन गर्ने भएको छ।’
त्यस्तै, कृषियोग्य बाँझो जमिनमा पशुपालन, फलफुल व्यवसाय गर्न प्रोत्साहन गरिने नीति सरकारले लिएको छ।
प्रतिक्रिया दिनुहोस्