काठमाडौं १ जेठ । सरकारले दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न तथा नुन को नियमित आपूर्ति सुनिश्चितता गर्ने घोषणा गरेको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।
गोरखामा एग्रो इन्टस्टरियल पार्क, सुदूरपश्चिम प्रदेशमा मेघा फुड पार्क, तथा कर्णाली प्रदेशका खाद्य तथा फलफूल प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।
घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन ब्रान्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्