ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३ करोड ३० लाख डलर तलब बुझेर बाहिरिँदै छन् बोइङका मालिक


एबीसी न्यूज
६ जेष्ठ २०८१, आइतबार   २ : ३७   बजे

काठमाडौं ६ जेठ । चर्चित विमान निर्माता बोइङका अध्यक्ष तथा प्रमुख कार्यकारी डेभ कलहनले सन् २०२३ को तलब, भत्ता लगायतको कुल ३ करोड ३० लाख अमेरिकी डलर पाउने भएका छन्।

कम्पनीको उक्त प्रस्तावमा बोइङका सेयरसदस्यहरुले स्वीकृति जनाएको बीबीसीले उल्लेख गरेको छ।

बोर्ड बैठकमा उक्त योजना बहुमतको आधारमा स्वीकृत भएको बताइएको छ। केहीले भने कम्पनीले विभिन्न पक्षको सामना गरिरहेका बेला उक्त सुविधामा असन्तुष्टि जनाएका थिए।

 

कम्पनीको बोर्डमा उनलाई राख्ने प्रस्तावमा पनि केहीले असन्तुष्टि जनाए पनि सो प्रस्ताव पनि पारित भएको बताइएको छ।

कलहनको तलब प्याकेजमा १४ लाख डलर तलब र ३ करोड डलरको सेयर समावेश छ। सन् २०२२ मा उनले २ करोड २६ लाख डलरको प्याकेज पाएका थिए।

हालका नयाँ बोर्ड प्रमुख स्टिभ मलनकोपले सन् २०२४ मा कार्यकारीहरुलाई दिइने सुविधा घटाउने भएका छन्।

पछिल्लो समय बोइङका विमानहरुमा समस्या देखिँदै आएको छ। कलहनको कार्यकाल यही वर्षसम्म मात्र छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group