ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किर्गिस्तानमा रहेका नेपालीलाई घर बाहिर ननिस्कन सरकारको आग्रह


एबीसी न्यूज
६ जेष्ठ २०८१, आइतबार   ३ : १३   बजे

काठमाडौं ६ जेठ । कारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ।

गत शुक्रबार त्यहाँ हिंसात्मक आक्रमण भएपछि पाकिस्तानस्थित नेपाली राजदूतावासले शनिबार सूचना जारी गरी किर्गिस्तानमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार किर्गिस्तानमा रहेका सबै नेपाली हालसम्म सकुशल छन्।  दूतावासले शनिबार एक सूचना जारी गरी किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाबाट असुरक्षा बढेकाले घर बाहिर ननस्किन भनेको हो।

दूतावासका अनुसार त्यो क्षेत्रमा करिब दुई सय ८० को सङ्ख्यामा नेपाली छन्। ‘बिस्केक र वरपर रहेका नेपाली हालसम्म सकुशल छन्,’ सूचनामा भनिएको छ, ‘स्थिति सामान्य नहुञ्जेलसम्म निवासरघर बाहिर ननिस्कन आग्रह छ।’

दूतावासले कुनै किसिमको समस्या परेमा त्यहाँ रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ।

साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नम्बर नम्बर ंढद्दछज्ञद्दटज्ञण्घद्दज्ञ ९ह्वाट्सयाप समेत० र इमेल भयलष्कबिmबदबम२mयाब।नयख।लउ मा सम्पर्क गर्न सकिने जनाएको छ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले यस्तो आग्रह गरेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ। त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ।

छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको थियो। उनीहरूको उपचार भइसकेको त्यहाँको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकी दबाब र धम्कीबाट सम्झौता कार्यान्वयन जटिल हुने इरानी राष्ट्रपति पेजेस्कियानको भनाइ

अमेरिकाले दुई लाखसम्म बी१/बी२ भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू लक्षित

इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा छोराको हत्या प्रयासको दाबी

पाकिस्तानी जेलमा रहेका आफ्ना पूर्वपति इमरानका लागि जेमिमाले गुहारिन् बेलायत

फारसको खाडीमा तनाव चर्किँदा चीनको आग्रह– ‘सकेसम्म चाँडो वार्तामा फर्कनुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu