ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज मन्त्रिपरिषद् विस्तारको अन्तिम गृहकार्यमा प्रधानमन्त्री, माओवादीको मन्त्रीको सूची गए आजै सरकारले पुर्णता पाउँने


एबीसी न्यूज
११ फाल्गुन २०७४, शुक्रबार   ८ : २२   बजे

काठमाडौं, ११ फागुन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँट टुंगिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नुभएको छ ।

फागुन ३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाईसमेत सरकारमा सहभागी गराउने गृहकार्य जारी रहँदा र माओवादीसँग मन्त्रालय बाँडफाँट बाँकी रहेकोले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको थिएन । बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भएको वार्तामा मन्त्रालय बाँडफाँट टुंगिएपछि प्रधानमन्त्री ओली सरकार लाई पुर्णता दिन थाल्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज आफ्नो भागमा परेका मन्त्रालयका मन्त्री छनोट गरी सूची दिन दाहाललाई आग्रह गर्नुभएको छ भने मन्त्री चयन अघि पार्टी नेताहरूको सुझाव लिन आज बिहान एमाले स्थायी कमिटी बैठक बोलाउनु भएको छ । स्थायी कमिटीको सुझाव लिएपछि प्रधानमन्त्री ओलीले आफ्नो दल एमाले र माओवादीबाट आएका सिफारिस समेट्दै मन्त्री नियुक्त गरि आजै सपथ खुवाउने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच हाल १८ ओटा मन्त्रालय कायम गर्ने र सोही आधारमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भइसकेको छ । सोही आधारमा १८ ओटा मन्त्रालयमध्ये एमालेले ११ र माओवादीको भागमा सात ओटा मन्त्रालय तय गरिएको छ । प्रधानमन्त्रीका एक सहयोगी नेताले दिएको जानकारी अनुसार सरकारमा पठाइने सम्भावित मन्त्रीसमेत अनुमान गरी दुई पार्टीबीच मन्त्रालयको बाँडफाँट टुंगो लगाइएको हो ।

सहमतिअनुसार एमालेले अर्थ तथा योजना मन्त्रालयसहित ११ ओटा मन्त्रालय लिनेछ । एमालेको भागमा रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार यातायात, सूचना, सञ्चार तथा विज्ञान प्रविधि, शिक्षा, खेलकुद तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । यसैगरी कानुन तथा न्याय संसदीय मामिला र पर्यटन मन्त्रालय पनि एमालेको भागमा परेको छ । यसैगरी माओवादी केन्द्रले गृहसहित सात मन्त्रालय लिने भएको छ ।

सहमतिअनुसार माओवादीको भागमा ऊर्जा जलविद्युत् तथा नविकरणीय, सहरी विकास, आवास, खानेपानी तथा सरसफाइ, वन, वातावरण जलवायु परिवर्तन, श्रम रोजगार तथा महिला बालबालिका जेष्ठ नागरिक, कृषि, सिँचाइ खाद्य सुरक्षा, सहकारी तथा भूमिसुधार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । प्रधानमन्त्री ओली र दाहालबीच अन्तिम समयमा आवश्यक परे केही मन्त्रालय हेरफेर तथा दुई मन्त्रालय थप्ने विषयमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group