ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङको एक अस्पतालको यो क्यान्टिन, जहाँ खाना खाएका ३० कर्मचारी परे बिरामी


एबीसी न्यूज
१० जेष्ठ २०८१, बिहिबार   १ : ४१   बजे

काठमाडौं १० जेठ । क्यान्टिनको खाना खाएपछि हङकङको चाइवानस्थित पामेला युड नेदरसोल इस्टर्न हस्पिटलका करिब ३० जना कर्मचारी बिरामी परेका छन्।

सूचनाअनुसार बुधबार राति क्यान्टिनमा खाना खाएका ती कर्मचारीमा झाडापखाला तथा बान्ताको समस्या देखिएको थियो।

अस्पताल स्रोतले जनाएअनुसार उनीहरूमा ग्यास्ट्रोएन्टेराइटिसको लक्षण देखिएको हो। कर्मचारीहरू बिरामी परेर बिदामा बस्नु परेपछि अस्पतालको विभिन्न विभागका सेवा प्रभावित बनेको अस्पतालले जनाएको छ।

समस्या देखिएपछि क्यान्टिनका ठेकेदारलाई क्यान्टिनको राम्रो सरसफाइ गर्न निर्देशन दिइएको छ भने अस्पतालको संक्रमण नियन्त्रण टोलीले थप जानकारी स‌ंकलन गरिरहेको अस्पतालका प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रवक्ताका अनुसार यो केसलाई स्वास्थ्य सुरक्षा केन्द्र, खाद्य तथा वातावरणीय स्वच्छता विभाग र अस्पताल प्राधिकरणको प्रधान कार्यालयमा रिपोर्टिङ गरिएको छ।

अस्पतालमा दुई वटा क्यान्टिन रहेका छन्। बिरामी परेकाहरूले यी दुवैमा खाना खाएका थिए। स्थानीय सञ्चारमाध्यम द स्ट्यान्डर्डले जनाएअनुसार यी दुई क्यान्टिन क्याफे डे कोरलको सहायक कम्पनी एसिया प्यासिफिक क्याटरिङले सञ्चालन गरेको हो। दुवै क्यान्टिनलाई कीटाणुरहित बनाउन सञ्चालन बन्द गरिएको छ।

अस्पतालका बिरामीलाई खाना उपलब्ध गराउने जिम्मेवारीमा भने दुवै क्यान्टिन नरहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group