काठमाडौं १५ जेठ । आगामी आर्थिक वर्षको बजेट ल्याउनुअघि बस्न लागेको मन्त्रिपरिषद्को बैठक पनि सरेको छ। मंगलबार बिहान ११ बजेका लागि तय भएको मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे बस्ने भएको हो।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार, दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दैछ।
सरकारले आज आर्थिक वर्ष २०८१÷०८२ को बजेट संसदमा प्रस्तुत गर्दै छ। संसद्मा प्रस्तुत गरिने बजेट स्वीकृतिको लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
आजै दिउँसो ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्