ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट वास्तविकताभन्दा माथि छ, उल्लेख्य सुधार छैन : पूर्वअर्थमन्त्री महत


एबीसी न्यूज
१५ जेष्ठ २०८१, मंगलबार   ६ : १०   बजे

काठमाडौं १५ जेठ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वास्तविकताभन्दा केही माथि भए पनि सुधारका कुनै विषय उल्लेख नभएको टिप्पणी गरेका छन्।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीलाई बजेटबारे प्रतिक्रिया दिँदै उनले ठूलो बजेट ल्याउने भनेर प्रधानमन्त्रीले भनेको कुरामा ब्रेक लागेको पनि बताए।

‘अत्यन्तै ठूलो बजेट बनाउने प्रधानमन्त्रीले भनेको कुरामा केही ब्रेक लागेको छ। वास्तविकताभन्दा केही माथि छ। सुधारका केही कुरा उल्लेख छैन,’ उनले भने, ‘विदेशी सहयोग देखाउने ठाउँ थिएन। राजस्व अत्यधिक मात्रामा बढ्छ भन्ने पनि आधार थिएन।’

 

साथै, उनले आयोजनालाई पूर्णता दिने कुरामा मौन रहेको भन्दै पूराना आयोजना अलपत्र पर्नसक्ने बताए।

‘सुधारको बाटोमा जाँदैछौँ भन्नुभएको छ, तर सुधार कहाँ गर्दै हुनुहुन्छ केही छैन,’ उनले भने, ‘आयोजनालाई पूर्णता दिने कुरामा मौन हुनुहुन्छ। बजेटबाट सुधार हुने छन्द देखेको छैन।’

प्राथमिकीकरण गरेर कुनै क्षेत्रमा बजेट नल्याएको पनि बताए।

‘बजेटले बोलेका कुरा पूरा हुँदैन, यसले प्राथमिकीकरण गरेको छैन। लामो समयदेखिको बेथिति अन्त्य गर्ने कार्ययोजना हामी अगाडि बढाउँदै थियौँ। त्यो कार्ययोजनाले यो बजेटलाई समेट्दैन,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सम्बन्धित

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu