ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सदरमुकाम निर्माणका लागि एक अर्ब २१ करोड विनियोजन


एबीसी न्यूज
१५ जेष्ठ २०८१, मंगलबार   ६ : १४   बजे

काठमाडौं १५ जेठ । सरकारले नवलपरासी बर्दघाट सुस्ता पूर्व र रुकुम पूर्वको जिल्ला सदरमुकाममा भौतिक संरचना निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१र०८२ को आयव्ययको विवरण सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी दिनुभएको हो ।

यी दुवै जिल्ला सङ्घीयता कार्यान्वयनमा आएसँगै टुक्रिएर बनेका हुन् । त्यसैले यहाँ पुराना संरचना नभएकाले नयाँ संरचना निर्माणका लागि रकम विनियोजन गरिएको हो । तर कुन जिल्लामा कति रकम विनियोजन गरिएको हो भन्ने खुलाइएको छैन ।

नवलपुरमा विभिन्न कारणले यसअघि दुई आर्थिक वर्षसम्म विनियोजित रकम फ्रिज भएर गएको थियो भने चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपियाँ र अर्थमन्त्रालयले सुनिश्चित गरेको ५० करोड रुपियाँले नवलपुर सदरमुकाममा भौतिक संरचना निर्माणको काम प्रक्रियामा गएको छ ।

नवलपुरमा नयाँ भवन निर्माणका लागि प्रतिवेदन स्वीकृत भएर बहुवर्षीय योजना पनि स्वीकृत भएको छ । भवन निर्माणका लागि २५ वटा निर्माण व्यवयसायीले टेन्डर हालेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । यो रकमले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन बनाउने तयारी छ ।

सदरमुकाम कावासोतीमा रहेको १८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने योजना बनाइएको छ । नमुना सदरमुकाम निर्माणस्थलमा सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने योजना छ । साथै पुस्तकालय, सभा हल, बैङ्क, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका आधुनिक संरचनासमेत निर्माण गर्ने योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu