काठमाडौं १६ जेठ । उत्तर र मध्य भारतमा यतिबेला भीषण गर्मी भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री सेल्सियस पुगेको छ।
दिल्लीका तीन मौसम केन्द्रले तापक्रम ४९ डिग्रीसम्म रेकर्ड गरेका छन्। भारतीय मौसम विज्ञान विभाग ९आईएमडी० ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९।९ डिग्री सेल्सियस र नजफगढमा ४९।८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको जनाएको छ।
राजधानी दिल्लीमा यो सिजनको सबैभन्दा उच्च तापक्रम हो।
प्रतिक्रिया दिनुहोस्