ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र अरब राष्ट्रबीच नवप्रवर्तनसहित ५ क्षेत्रमा सहकार्यको घोषणा


एबीसी न्यूज
१७ जेष्ठ २०८१, बिहिबार   २ : १३   बजे

काठमाडौं १७ जेठ । चीन र अरब राष्ट्रबीच आपसी सहकार्यको घोषणा भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अरबबीच विभिन्न पाँच क्षेत्रमा सहकार्य अघि बढ्ने घोषणा गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चीन(अरब राज्य सहकार्यक मञ्चको सभालाई सम्बोधन गर्दै सीले सहकार्यका पाँच ढाँचा अघि सारेका हुन् । चीन र अरबबीच गतिशील नवप्रवर्तन, विस्तारित सहयोग र लगानीमा नवीनत सहकार्य, ऊर्जा क्षेत्रमा वृहत सहकार्यको घोषणा भएको हो ।

यस्तै, आर्थिक र व्यापारिक रुपमा आपसी हित र जनस्तरमा आदनप्रदानमार्फत थप सहकार्यको पनि घोषणा भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

नवप्रवर्तनअन्तर्गत चीन र अरबले संयुक्त रुपमा अरबमा १० वटा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला निर्माण गर्नेछन् । यस्तै यान्त्रिक बौद्धिकतामा आधारित प्रविधिमा उनीहरुबीच सहकार्यको घोषणा भएको छ ।

यस्तै ऊर्जा क्षेत्रमा हरित ऊर्जामा सहकार्य गर्ने र आधुनिक कृषि प्रणालीका साथै सूचना प्रविधिमा सहयोग गर्ने घोषणा गरिएको छ । यस्तै दुई मुलुकबीच अन्तरिक्षको प्रविधिमा पनि सहकार्यको घोषणा भएको छ ।

चीन(अरब राष्ट्र सहकार्य मञ्च स्थापना भएको दुई दशक पुगेको छ । योबीचमा अरब राष्ट्र र चीनबीच राम्रो व्यापारिक सम्बन्ध स्थापना भएको छ । अरब राष्ट्रसँग व्यापार गर्ने मुलुकमा चीन अग्रपंक्तिमै छ ।

अरब राष्ट्र र चीनबीच बीआरआईमा पनि सहकार्यको सम्झौता छ । जसअन्तर्गत २०० भन्दा बढी परियोजनामा आपसी सहकार्य भइरहेको छ । यसबाट २ अर्ब मानिस लाभान्वित हुने अपेक्षा राखिएको छ ।

चीन र अरब राष्ट्रबीच हाल ४०० अर्बको व्यापार भएको छ । सहकार्यको नयाँ ढाँचामार्फत यस व्यापारलाइ बढोत्तरी दिने आपसी अपेक्षा रहेको छ ।

बिहीबार सम्मेलनमा सम्बोधन गर्दै सीले चीन र अरबबीचको सहकार्य नयाँ उचाइमा अघि बढिरहेको बताएका छन् । उनले चीनले अरबसँग रणनीतिक साझेदारी गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा लान तयार रहेको समेत उल्लेख गरेका छन् ।

चिनियाँ प्रधानमन्त्री सीले सन् २०२६ को चीन(अरब सम्मेलन आफ्नो मुलुकले आयोजना गर्ने बताएका छन् । ‘मध्यपूर्व सम्भावनानै सम्भावना रहेको भूमी हो । यद्यपि यसमा क्षेत्र युद्धमा मडारिरहेको छ । न्यायिक रुपमा युद्धको निरुपण गर्दै शान्ति कायमका लागि सबैको सहयोग आवश्यक छ । चीन दुई राज्यको अवधारणामा अडिग छ र इजरायल प्यालेस्टाइनको युद्ध अन्त्यको पक्षमा छ,’ उनले सम्बोधनमा भनेका छन् ।

चीनले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यतामा विगतदेखिनै समर्थन गर्दै आएको छ । सीले गाजामा मानवीय सहायताका लागि एक अर्ब युआन सहयोगको समेत घोषणा गरेका छन् ।

चीनले द्वन्द्वपछिको पुर्ननिर्माणका लागि पाँच अर्ब युआन सहयोगको प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यस्तै उनले प्यालेस्टाइन शरणार्थीहरुलाई सहयोगका निम्ति राष्ट्रसंघीय निकायलाई ३० लाख डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

तेहरान जाँदै पाकिस्तानी सेना प्रमुख आसिम मुनिर, इरानसँग सुरक्षा र द्विपक्षीय सहकार्यमा केन्द्रित हुने

भारत भ्रमणमा हतार छैन : राष्ट्रिय हितअनुकूल सहमति भए मात्र दिल्ली जाने बंगलादेशका प्रधानमन्त्री रहमान

मनुस्मृतिबारे राहुलको अभिव्यक्तिले भारतमा राजनीतिक विवाद चर्कियो

आकाशमै वितण्डा : रक्सीको नशामा युवतीले विमानभित्र कपडा खोलेपछि हंगामा

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

ककरोच जनता पार्टीका संस्थापक दीपकेविरुद्ध जाहेरी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu