सुर्खेत, ११ फागुन । प्रदेश नं ६ का मन्त्री र सांसदका लागि क्षमता अभिवृद्धि तालीम सञ्चालन गरिएको छ ।
संघीय संसद् सचिवालयको आयोजनामा आज वीरेन्द्रनगरमा आयोजित एकदिने तालीममा सो प्रदेशका मन्त्री तथा सांसदको सहभागिता छ । अमेरिकी सहयोग नियोग युएसआइडीको आर्थिक सहयोगमा भएको उक्त तालीममा संसदीय अभ्यास, संविधानले दिएको अधिकार, संसद्भित्र हुने क्रियाकलाप, शून्य र विशेष समयलगायत विषयमा मन्त्री र सांसदलाई प्रशिक्षण दिइएको ६ नं प्रदेश, संसद् सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिनुभयो ।
प्रदेशका मन्त्री र सांसदलाई संघीय संसद् सचिवालयका सहसचिव कृष्णहरि खड्का, वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो र पूर्वसांसद तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले प्रशिक्षण दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्