ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८८ जनालाई रोजगारी


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   ११ : ५८   बजे

काठमाडौं २० जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ११ वटा योजनामा ८८ जनाले रोजगार पाएका छन् । कार्यक्रममार्फत सञ्चालित योजनाबाट सडक मर्मत, पदमार्ग र गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार गरेपछि स्थानीयबासीहरुको यात्रा सहज भएको छ ।

चालु आर्थिक वर्षमा उक्त योजनाहरु सञ्चालन गर्नका लागि गाउँपालिकालाई ५६ लाख ८५ हजार रुपियाँ प्राप्त भएको थियो । कार्यक्रम अन्तर्गत रोजगारीका लागि फाराम भरेका सात सय २९ जनामध्ये ८८ जनाले कम्तीमा ३९ दिनदेखि बढीमा एकसय दिनसम्मको रोजगारी पाएको गाउँपालिकाको रोजगार शाखाका संयोजक सुमित्रा गैरे पौडेलले जानकारी दिनुभयो ।

रोजगार कार्यक्रममार्फत दोबा गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार,पाती चढाउनेदेखि चिसो पानीसम्म गोरेटो तथा मर्मत सम्भार, बाँझो खर्कदेखि बाँझो ढुङ्गासम्म गोरेटो बाटो निर्माण, किम्ली बराह जाने बाटो मर्मत सम्भार, जरिवाङदेखि छेम्दीसम्म गोरेटो बाटो निर्माण र गुइठे पुल देखि पटारसम्मको बाटो निर्माण तथा मर्मत योजना सम्पन्न भएको छ।

यसैगरी घारखोला नेपानेदेखि पाउद्वार मोटरबाटो सोलिङ निर्माण, अन्नपूर्ण होटलदेखि फलेख घरको गेटसम्म पदमार्ग मर्मत, कोलालिबाङ गोरेटो बाटो निर्माण, थपना सडक तथा गोरेटो बाटो मर्मत सम्भार र छहरे आलडाडाँ गोरेटोबाटो निर्माण तथा मर्मत सम्भार योजना सम्पन्न भएको रोजगार संयोजक पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालन भएका वस्तीहरुमा ढुङ्गाको सिँढी बनाउने, सडक सोलिङ, गोरेटो बाटो तथा पदमार्ग निर्माण गरिएपछि स्थानीयबासीलाई यात्रा गर्न सहज भएको रोजगार संयोजक पौडेलले जानकारी दिनुभयो । योजनामा संलग्नहरुलाई प्रतिदिन सातसय चार रुपियाँका दरले ज्याला भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group