ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा बेरोजगारमाथि व्यापार भइरहेको छ- प्रभु साह


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   १ : ५९   बजे

काठमाडौं २० जेठ । आम जनता पार्टी ९आजपा०का अध्यक्ष प्रभु साहले विदेश जाने युवाहरूमाथि ठगी भइरहेको बताएका छन् ।

म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको उनले बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको बताए । त्यस्तो अत्याचार नरोकिए जनताबाटै विद्रोह हुन सक्ने उनको चेतावनी छ ।

सांसद साहले भने, ‘वैदेशिक रोजगारीका सन्दर्भमा पीडिकहरू नै मालामाल भइरहेका छन् । यसलाई रोकिएन भने जनता चुप लागेर बस्छन् जस्तो लाग्दैन । यसकारण सरकारले समयमै ध्यान देओस् ।’

‘१० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउने प्रावधान छ । तर म्यानपावर एजेन्टले लाखौं रुपैयाँ असुल गरिरहेका छन् । युवाले गैरकानुनी रूपमा दिएको रकम फिर्ता पाउँछन् कि पाउँदैनन्,’ सांसद साहको प्रश्न छ ।

सरकार गम्भीर नभएका कारण वैदेशिक रोजगारीमा जाने युवा ठगिन बाध्य भइराखेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘सरकारले न्याय दिलाउँछ कि दिलाउँदैन रु यहाँ जो रक्षक उही भक्षक जस्तो भयो ।’

नेपालको संविधानले रोजगारीलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको उनले बताए । ‘मौलिक अधिकारको दायित्व सरकारले बहन गर्न सक्नुपर्छ,’ उनले भने ।

साहले सरकार गम्भीर नहुँदा बेरोजगारीमाथि व्यापार भइरहेको बताए । ‘बेरोजगारमाथि व्यापार भइरहेको छ । बेरोजगार युवालाई आम्दानीको स्रोत बनाइएको छ । तिनिहरूलाई प्रयोग गरिएको छ,’ उनले भने ।

गैरकानुनी रूपमा रकम लिने म्यानपावर व्यावसायीलाई नियन्त्रणमा लिन सरकारलाई उनले आग्रह गरे । ‘के सरकारले यस्तो अवैध व्यापार नियन्त्रण गर्न नसक्ने हो रु’ उनको प्रश्न छ ।

युवाहरू मेडिकल परीक्षण गरेर विदेश जाने गरेको तर विदेशमा मृत्युवरण गर्नुपर्ने अवस्थाको खोजी गरिनुपर्ने उनको माग छ । उनी प्रश्न गर्छन्, ‘मेडिकल टेस्ट पास गरेर युवाहरू विदेश गएका हुन्छन् । यसको मतलब उनीहरू निरोगी हुन्छन् । तर केही समयमै विदेशमा ज्यान कसरी गुमाउन पुग्छन् रु यसबारे छानबिन गर्न नपर्ने हो रु’

युवालाई विदेश पठाउने नाममा व्यापार गर्ने कार्यमा सरकारमा रहेका व्यक्ति, राजदूतहरू, वैदेशिक रोजगार विभागमा रहेका अधिकारीहरू समेत संलग्न रहेको उनको आशंका छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group