ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ महानगरमा रहेका ९ सय सहकारी खारेज गर्न सुझाव


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   २ : ०८   बजे

काठमाडौं २० जेठ । काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भई सम्पर्कमा नआएका झन्डै ९ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिएका छन्।

‘पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने ठेगाना उल्लेख गरेर सञ्चालक, सदस्य, बचतकर्ताहरुका नाममा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्नु, यति गर्दा पनि कोही सम्पर्कमा आएनन् भने खारेजीको प्रक्रियामा लैजानु’, सहकारीविज्ञ काशिराज दाहालले भने, ‘यो सहकारी समस्या समाधानका लागि थाल्नुपर्ने प्रक्रिया हो।’

उक्त प्रक्रिया अवलम्बन गर्न थालेपछि सरोकारवाला सम्पर्कमा आउने र सञ्चालक नआए बचतकर्ता सम्पर्कमा आउने उनले बताए।

 

बचतकर्ताको सम्पर्कबाट सञ्चालक भेटिने ठाउँमा पुग्न सहयोग पुग्ने शनिबार काठमाडौँ महानगरपालिका सहकारी विभागले आयोजना गरेको ‘सहकारी उत्थानका लागि अध्ययन, अनुसन्धान’ विषयक कार्यक्रममा दाहालले बताए।

काठमाडौँ महानगर कार्य क्षेत्र भएका १ हजार ९ सय २३ सहकारी संस्थामध्ये गत आर्थिक वर्षमा नौ सय ६८ सहकारीले विवरण पेस गरेका छन्। नियमानुसार प्रत्येक सहकारीले एक वर्षभित्र गरेको क्रियाकलापको जानकारी गराउनुपर्ने हुन्छ।

विवरण पेस गर्न विभागले पटकपटक सूचना गरे पनि बेवास्ता गरेकाले काठमाडौँ महानगरपालिकाले अनुगमन गरी कारबाहीको तयारी गरेको हो।

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागकी निमित्त प्रमुख विमला कोइरालाले, सहकारीमा देखिएका समस्याले मुख्य असर बचतकर्तालाई परेको बताइन्। काठमाडौँ महानगर सहकारी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्दै आएको छ।

सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा काठमाडौँ महानगरपालिकाले सहकारी ऐन जारी गरिसकेको थियो। सोही ऐनअनुरूप सहकारी सञ्चालन भइरहेका छन्। काठमाडौँ महानगरमा रहेका सहकारीमध्ये एक हजार ६ सय २८ वटा बचत तथा ऋण सहकारी, दुई सय ६४ बहुउद्देश्यीय सहकारी, तीनवटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, तीनवटा सीपमूलक सहकारी, दुईवटा शिक्षा सहकारी छन्।

सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका जम्मा एक(एकवटा सहकारी छन्। काठमाडौँ महानगरपालिकाले पछिल्लो समय यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने तयारी गरेको छ।

नेपालमा करिब ३२ हजार सहकारी छन्। रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group