ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप एनभीए भलिबलः महिलातर्फ पुलिसको लगातार दोस्रो जित


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   २ : १२   बजे

काठमाडौं २० जेठ । नेपाल पुलिस क्लबले जारी आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत महिलातर्फ लगातार दोस्रो जित दर्ता गरेको छ।

उता चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड महिला भलिबल क्लबले भने लिगमा लगातार दोस्रो हार बेहोरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको महिलातर्फको दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड महिला भलिबल क्लबलाई ३–१ को सेटमा हराएको हो।

पहिलो सेटमा १९–२५ ले पराजित पुलिस क्लबले त्यसपछिका सेटमा उत्कृष्ट पुनरागमन गर्दै लिगमा लगातार दोस्रो जित हासिल गरेको हो।

पुलिस क्लबले दोस्रो सेट २५–२२, २५–२२ सहज जित प्राप्त गर्‍यो। प्रतिस्पर्धात्मक चौथो सेटमा पुलिसले २९–२७ ले खेल आफ्ना पक्षमा पारेको हो।

आजै भएको महिलातर्फको पहिलो खेलमा एभरेस्टले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै जितको सुरुवात गरेको हो।

एभरेस्टले कर्णालीलाई २५–१६,२५–८ र २५–१० ले हराउँदै लिगमा पहिलो जित दर्ता गरेको हो।

गत चैतमा सम्पन्न आठौँ आरबीबीएभीए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले लिगमा स्पर्धा गरिरहेका छन्।

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम स्पोर्ट्स काउन्सिल, कोसी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब सहभागी छन्।

महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

महिला पुरुष दुवैतफेर्का विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैयाँ हात पार्नेछन्।

दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्।

यसैगरी दुवैतर्फका उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group