ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फोटो प्रदर्शनीले इतिहासको पुनर्ताजगी गराएको छ’


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   २ : १९   बजे

काठमाडौं २० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गोरखापत्रको फोटो प्रदर्शनीले इतिहासको पुनर्ताजगी गर्ने काम गरेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

“कतिपय तस्विरहरु आफैंले भोगेका तस्विर राखिएका छन्, कतिपय पुराना इतिहास झल्काउने खालका तस्विर देखें, यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ” उहाँले भन्नुभयो, “गोरखापत्रको यो काम प्रशंसनीय छ, पुर्खाका पालाका तस्विर देख्न पाउँदा खुशी लाग्यो ।” सोअघि उहाँले प्रदर्शनमा राखिएका तस्विरको अवलोकन गर्नुभएको थियो ।

१६ लाख पर्यटक भित्र्याउँछौं

अर्को प्रसङ्मा मन्त्री तामाङले आउने आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउनेगरी सरकारले काम गरिरहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धि पर्यटन क्षेत्रको विकाससँग जोडिएकाले त्यसमा केन्द्रित रहेर मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ ।

“यसअघि कोभिडका कारण पर्यटक आउने सङ्ख्या घटेको थियो, सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनुभएको थियो, सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ” मन्त्री तामाङ्ले भन्नुभयो । नेपालमा आउने धार्मिक तथा सांस्कृतिक पर्यटकको सङ्ख्या बढी रहेको मन्त्री तामाङले बताउनुभयो ।


लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्माबलम्वी पर्यटकको सङ्ख्या धेरै रहेको उहाँले प्रष्ट पार्नुभयो । बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने उहाँको भनाइ छ ।

विदेशी पर्यटकको आगमन मुलुकको अर्थतन्त्रसँग जोडिएको विषय भएको चर्चा गर्नुहुँदै मन्त्री तामाङले भन्नुभयो, “विदेशी पर्यटक नेपाल आउँदा विदेशी मुद्रा आर्जन हुने, रोजगारी बढ्ने काम हुन्छ । त्यसैले पनि पर्यटन क्षेत्र समृद्धिको एउटा बलियो आधार हो भन्ने हामीले बुझ्नुपर्छ ।”

सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईले मन्त्री तामाङलाई फोटोबारे बिफ्रिङ गर्नुभएको थियो । अध्यक्ष र महाप्रबन्धकले मन्त्री तामाङलाई मायाको चिनोस्वरुप गोरखापत्रको पहिलो अङ्क र परिवर्तित नेपाल पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group