ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट जनतामा विद्यमान निराशा चिर्नेगरी आएको छ – देवेन्द्र पौडेल


एबीसी न्यूज
२० जेष्ठ २०८१, आइतबार   ४ : ०४   बजे

काठमाडौं २० जेठ । सरकारको नेतृत्व गरिरहेका नेकपा ९माओवादी केन्द्र० का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई सही दिशामा अघि बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले त्यसका कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई परिचालन गरेर अघि बढ्न अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका हुन्।

आइतबाबर प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सचिव पौडेलले पछिल्ला १५ वर्षयता जनतामा देखिएको निराशा चिर्ने गरी बजेट आएको दाबी गर्दै त्यसप्रति अर्थमन्त्री पुनप्रति धन्यवाद व्यक्त गरे।

 

बजेट मुलुकलाई सही बाटोमा अघि बढाउने गरी आएकाले आफ्नो पार्टीले दृढतापूर्वक समर्थन गर्ने पनि उनले बताए।

‘यो बजेट निकै असहज स्थितिमा माननीय अर्थमन्त्रीजीले अर्थ प्रणालीलाई एउटा ट्रयाकमा ल्याउनका निमित्त र बढ्दै गएको निराशालाई खास गरी पछिल्लो १५ वर्षमा बढ्दै गएको निराशालाई लयमा ल्याउनका लागि कोशिस गरेर, मेहनत गरेर कतिपय अपुग्दाहरु होलान, प्रक्षेपण गरेर ल्याएको बजेटको रुपमा मैले यसलाई बुझेको छु,’ उनले भने, ‘यसकारण केही सीमा, समस्याका बाबजुत अहिलेको परिस्थितिमा यो प्रकृतिको बजेट ल्याउनुभएकोमा माननीय अर्थ मन्त्रीज्युलाई हार्दिक धन्यवाद र उहाँप्रति आभार व्यक्त गर्दै कार्यान्वयनका लागि तदारुकताका साथ सम्बन्धित निकाय, सबै पक्षलाई परिचालित गरेर बजेट कार्यान्वयनका जुन आशंका बाहिर प्रकट भएको छ। बजेट कार्यान्वयनका निम्ति माननीय अर्थमन्त्रीज्युले महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुनेछ भन्दै हाम्रो दलको तर्फबाट बजेटका स्पिडलाई दृढतापूर्वक समर्थन गर्न चाहन्छु।’

सचिव पौडेलले सरकारले राजस्व परिचालन र आर्थिक वृद्धिका लागि तय गरेको लक्ष्य पनि सही भएको बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group