ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुर सहकारीका सीबी लामाविरुद्ध ९५२ बचतकर्ताको जाहेरी


एबीसी न्यूज
२१ जेष्ठ २०८१, सोमबार   ११ : २८   बजे

काठमाडौं २१ जेठ । कान्तिपुर बचत तथा सहकारीका पूर्वअध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङविरुद्ध करिब एक हजार बचतकर्ताको रकम ठगी गरेको भन्दै जाहेरी परेको छ । प्रहरीका अनुसार सीबीविरुद्ध १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार हिनामिना गरेको आरोपमा ९ सय ५२ जनाले उजुरी दिएका हुन् ।

कान्तिपुर सहकारीका सीबी लामाविरुद्ध ९५२ बचतकर्ताको जाहेरी

सहकारीमा राखेको बचत फिर्ता नपाएपछि एक हजारभन्दा बढी बचतकर्ताले उनलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन र हिनामिना भएको बचत फिर्ताको माग गर्दै प्रहरी गुहारेका थिए ।

त्यसपछि काठमाडौं प्रहरी वृत्त नयाँ बानेश्वरले सीबी संलग्न कान्तिपुर सहकारीको फाइल खोलेको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई शुक्रबार चितवनको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । २०५५ देखि २०७६ पुस २४ सम्म कान्तिपुर सहकारीको अध्यक्ष रहेका सीबीले नेतृत्वमा रहेकै बेला सहकारीको रकम अपचलन गरेका तथ्यहरू भेटिएको र त्यसकै आधारमा अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

जिल्ला अदालत काठमाडौंले सीबीविरुद्ध २०८० फागुन २० मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि बानेश्वर वृत्तले उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा खोजी थालेको हो ।

काभ्रेको तेमाल–५, नारायणस्थान स्थायी ठेगाना भएका सीबी काभ्रे कांग्रेसका पूर्वकोषाध्यक्ष तथा २०७४ को प्रदेशसभा निर्वाचनमा काभ्रे–१ ९क० बाट उम्मेदवार थिए । उनी हाल कांग्रेस महासमिति सदस्य पनि हुन् । २०४९ सालमा विज्ञापन एजेन्सीमा कार्यरत उनी २०५२ भदौमा तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गत प्राविधिक सहायक ९ओभरसियर० का रूपमा ८ महिना काम गरेर थिए ।

त्यसपछि कान्तिपुर सहकारीमा आबद्ध रही २१ वर्षसम्म अध्यक्ष रहे । त्यसको ४ वर्षपछि २०५९ मा तीनकुनेमा कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्सका रूपमा कान्तिपुर अस्पताल सञ्चालनमा आएको थियो । सहकारीको रकम अस्पतालमा लगेर दुरुपयोग गरेकामा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनी पशुपति सहकारीका पनि अध्यक्ष थिए । एउटै व्यक्ति दुई वटा सहकारीको अध्यक्ष हुन नपाउने व्यवस्थापछि कान्तिपुर सहकारी छोडेका थिए ।

प्रहरीका अनुसार २०८० कात्तिकमा पशुपति सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेपछि ५४ जनाले उनीविरुद्ध उजुरी दिएका थिए । करिब १२ करोड अपचलन भएको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा विचाराधीन छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पशुपति सहकारीसहितको अनुसन्धान गर्न सीआईबीमा पत्राचार गरेको थियो । एसएसपी भट्टराईका अनुसार आरोपित सीबीविरुद्ध चेक बाउन्स प्रकरणमा ४ वटामा बैंकिङ कसुरको मुद्दा छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै बैंकिङ कसुरको अनुसन्धान पनि एकसाथ अघि बढ्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group