ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेश प्रदेश सभाको तेस्रो अधिवशेन आह्वान


एबीसी न्यूज
२१ जेष्ठ २०८१, सोमबार   ११ : ५७   बजे

काठमाडौं २१ जेठ । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको आह्वान गरिएको छ । सत्ता साझेदारी दुई दल बाहिरिएसँगै विश्वासको मत समेत फिर्ता लिएपछि आह्वान गरिएको यो अधिवेशन सबैको चासो बनेको छ ।

मधेश प्रदेश सरकार मन्त्रिपरिषदको जेठ १३ गतेको बैठकबाट प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सो निर्णयनुसार सिफारिस भई आए अनुरुप नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सोमबार ९जेठ २१ गते० दिनको २ बजे मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।

प्रदेश सभाले बैठकको सूचना पनि जारी गरिसकेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी कानुन अधिकृत चन्दनकुमार ठाकुरले जानकारी दिनुभयो । बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा सभाको तेस्रो अधिवेशन आह्वान भएको प्राप्त पत्र बैठकमा सभामुखले पढेर सुनाउने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

सभाको अन्य विषयवस्तुभन्दा सरकार गठनको विषय नै प्रमुख रुपमा हेरिएको छ । यही अधिवेशनबाट अहिलेको नेतृत्व परिवर्तन हुने वा अहिलेकै नेतृत्वले निरन्तरता पाउने वा अर्को नयाँ गठबन्धन बन्ने भन्ने बारे सर्वत्र चासो बनेको छ । त्यसैकारण आह्वान गरिएको यो अधिवशेनको बैठकलाई विशेष महत्वका साथ हेर्ने गरेको छ ।

सत्ता साझदारी नेकपा ९एमाले० र नेकपा माओवादी केन्द्रले एकै दिन गत वैशाख ३० गते सरकारबाट बाहिरिएर दिएको समर्थन पनि फिर्ता लिएपछि अहिले जनता समाजवादी पार्टीका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमत परेको छ । मुख्यमन्त्री यादवले यही अधिवेशनको बैठकमा २३ गते पाँचौ पटक विश्वासको मत लिने सार्वजनिक रुपमै भनिसक्नु भएको छ तर सोको प्रदेश सभामा अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

यस अधिवेशनको बैठकमा मुख्यमन्त्री यादवले विश्वास मत पाउनको लागि अन्य राजनीतिक दलहरुसँग बैठक, छलफल गर्दै आउनु भएको जनाएको छ । तर अहिलेसम्म विश्वासको मत पाउने आधारहरु टुङ्गोमा पुगेको ठोकुवा गर्न सकेको छैन । कुन कुन दलको समर्थन पाउने वा नपाउने कुरामा विश्वस्त नदेखितापनि जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नेकपा ९एकीकृत समाजवादी०, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाउनेमा आशावादी रहेको बताउनुभयो । यी दलहरुको समर्थन पाएमा मुख्यमन्त्रीको पक्षमा विश्वासको मत जानेछ र बहुमत ५६ पुग्ने छ ।

यता जनमत पार्टीको नेतृत्वमा नयाँ गठबन्धन गरेर सरकार बनाउन तीन दलबिच सहमति भएको छ । सरकार बनाउन सामान्य बहुमतका लागि तीन दलको मात्र समर्थनले पुग्ने अवस्था भने छैन । यसका लागि लोसपा र नेकपा९एस० मध्ये कुनै एकको समर्थन अनिवार्य भएको छ । यी दुई दलले समर्थन गरियो भने सामान्य बहुमत ६२ पुग्ने देखिन्छ ।

गत वैशाख ३० समर्थन फिर्ता लिएदेखि नै जसपा नेतृत्वको सरकार हटाएर नयाँ गठबन्धनको सरकार बनाउन विभिन्न दलहरुसँग बैठक, छलफल गरेर सहमति जुटाउन अनेकौ प्रयास जारी रहेको जनमत पार्टीका साँसद सतिशकुमार सिंहले बताउनुभयो । हाम्रै गठबन्धनको नयाँ सरकार बन्ने निश्चित रहेको उहाँले ठोकुवा गर्नुभयो ।

प्रदेश सभाको अङ्कगणित
मधेश प्रदेश सभामा दश दलको प्रतिनिधित्व रहेको छ । कूल १०७ सदस्यमध्ये एमाले सबभन्दा ठुलो दल बनेको छ । मधेशमा सरकार बनाउन सामान्य ५४ सदस्यको समर्थन आवश्यक छ । सभामा नेकपा ९एमाले० २५, नेपाली कांग्रेस २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी आठ, नेकपा ९माओवादी केन्द्र० नौ, नेकपा ९एकीकृत समाजवादी० पार्टी सात, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी एक÷एक प्रदेश सांसद छन् । लोसपामा एक जना सदस्य निलम्बनमा पर्नु भएको छ । एमालेका एक साँसद सभामुख र जनमतका एक साँसद उपसभामुख बन्नु भएको छ ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group