काठमाडौं २२ जेठ । भारतीय लोकसभा निर्वाचनको मतगणनाको नजिता आउने क्रम जारी छ। प्रारम्भिक रुझानामा एनडीए २८८ र इन्डिया गठडबन्धन २२३ सिटको लिडमा रहेको देखिएको छ । उत्तर प्रदेशको रायवरेलीबाट रायबरेलीबाट उठेका कंग्रेस नेता राहुल गान्धी २८ हजार भन्दा बढी मतले अगाडि छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी बाराणसीमा अघि देखिएका छन् । त्यसैगरी अमेठीमा विजेपीकी स्मृति इरानी कांग्रेसका किशोरीलाल शर्मासंग पछि परेकी छन् ।
सवैभन्दा रोचक परिणाम उत्तर प्रदेशमा देखिएको। छ। अघिल्लो निर्वाचनमा ६२ सिट जितेको विजेपी प्रारम्भिक रुझानमा जम्मा ३२ सिटमा अघि घ भने विपक्षी गठबन्धन ४५ भन्दा बढी सिटमा अघि देखिएको छ । त्यहां भारतका सवै राज्यमा भन्दा एकल रुफमा बढ ८० सिट रहेका छन् ।
प्रारम्भिक रुझानामा विजेपीले मध्यप्रदेशमा आफ्नो पकड कायम गरेको देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्