ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी ३.० : नेहरूको ६२ वर्ष पुरानो कीर्तिमानको बराबरी


एबीसी न्यूज
२७ जेष्ठ २०८१, आइतबार   ११ : ०८   बजे

twitter sharing button
sharethis sharing button
मोदी ३.० : नेहरूको ६२ वर्ष पुरानो कीर्तिमानको बराबरी

नयाँ दिल्ली एजेन्सी  २७ जेठ । नरेन्द्र मोदीले आज लगातार तेस्रोपटक भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । उनले आज साँझ ७ः३० बजे प्रधानमन्त्रीको शपथ लिनेछन् । शपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ ।

शपथ ग्रहण गर्दै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको ६२ वर्ष पुरानो कीर्तिमानको बराबरी गर्नेछन् । नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक भारतको प्रधानमन्त्री बनेका थिए । तर, नेहरू सरकारसँग पूर्ण बहुमत थियो।

मोदीको तेस्रो इनिङ्स भने गठबन्धनको आधारमा चल्नेछ । भारत सन् १९९० को दशकदेखि गठबन्धनको राजनीति चलिरहेको थियो ।  मोदीको नेतृत्वमा बीजेपीले यो प्रवृत्ति सन् २०१४ र २०१९ मा पूर्ण बहुमत हासिल गरेर तोडेको थियो। यद्यपि, सन् २०२४ मा बीजेपी २४० सिटमा सीमित भयो । बहुमतका लागि उसलाई आफ्ना सहयोगी दलहरू आवश्यक पर्‍यो ।

जुन ७ मा संसद्को सेन्ट्रल हलमा भएको बैठकमा एनडीए नेताहरूले मोदीलाई सर्वसम्मतिले आफ्नो नेता चयन गरेका थिए । अब शपथको पर्खाइ छ । मोदीसँगै ४० सांसदले मन्त्रीको रूपमा शपथ लिन सक्नेछन् । यसमा एनडीएका १४ सहयोगी दलहरूका १८ सांसदहरू समावेश हुन सक्छन् । टीडीपी र जेडीयूबाट २–२ र शिवसेनाबाट एक जना क्याबिनेट मन्त्री बन्न सक्नेछन्।

सन् २०१४ मा मोदीको पहिलो क्याबिनेटमा ४६ मन्त्री थिए । जसमध्ये २४ जना क्याबिनेट मन्त्री, १० स्वतन्त्र राज्यमन्त्री र १२ राज्यमन्त्री थिए । सन् २०१९ मा मोदीसँगै ५८ मन्त्रीले शपथ लिएका थिए । दुवै कार्यकालमा मन्त्रिपरिषद् विस्तार भएपछि मन्त्रीको सङ्ख्या क्रमशः ७१ र ७२ पुगेको थियो ।

संविधानको धारा ७५ अनुसार मन्त्रिपरिषद्‌मा मन्त्रीहरूको सङ्ख्या लोकसभाको कुल सदस्य सङ्ख्या (५४३) को १५ प्रतिशत अर्थात् ८१ जनाभन्दा बढी हुन सक्दैन। मोदीले सम्भावित मन्त्रीहरूलाई फोन गर्न थालेको बताइएको छ । शपथअघि प्रधानमन्त्री मोदीले सबै मन्त्रीहरूसँग चियापानमा छलफल गर्नेछन् ।

यसअघि आज बिहान मोदी महात्मा गान्धी र पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको समाधिस्थल पुगेका थिए । त्यसपछि उनले युद्ध स्मारकमा पुगेर शहीदलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शपथग्रहण समारोहमा नेपालसहित चीन, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, सेशेल्स, मौरिसस र भुटानका शीर्ष नेतृत्वको सहभागिता रहनेछ । यसमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो भारत जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu