ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा प्रहरी कार्यालयमा ५५० उजुरी, ४८ लाखको अवैध सामान नियन्त्रण


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   ११ : ५३   बजे

काठमाडौं २८ जेठ । वडा प्रहरी कार्यालय नेपालगन्जमा गत नौ महिनाको अवधीमा ५५० वटा उजुरी परेकोमा ४१३ वटा उजुरीको छिनोफानो गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले गत नौ महिनाको अवधीमा कार्यालयमा ५५० वटा विभिन्न उजुरी परेकोमा ४१३ वटा उजुरीको छिनोफानो गरेर पठाइएको बताउनुभयो ।

उहाँले सो अवधीमा घरेलु हिंसा सम्बन्धी ३४ वटा उजरी दर्ता भएकोमा २८ वटा छिनोफानो भएको बताउनुभयो ।

वडा प्रहरी प्रमुख बिसीका अनुसार वडा प्रहरी कार्यालय नेपालगन्जले साउन १ देखि जेठ २५ गतेसम्म ४८ लाख ५५ हजार १६५ रुपियाँ बराबरको भारतबाट भित्र्याइएको अवैध सामान बरामद गरेको छ ।

सो अवधीमा कार्यालयले आत्महत्या न्यूनीकरणसम्बन्धी सात वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै साइवर अपराधसम्बन्धी पाँच वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यसैगरी, लागूऔषध सम्बन्धी सात, बाल विबाह तथा बहुविबाह सम्बन्धी चार, मानव बेचबिखनसम्बन्धी तीन, लैङ्गिक हिंसासम्बन्धी १६ दिने अभियानअन्तर्गत १४, ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध एक, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी एक, एक पटक सरसफाइ कार्यक्रम र घरेलु हिंसा सम्बन्धी दुई वटा सचेतनामुलक कार्यक्रम गरिएको जनाइएको छ । ती कार्यक्रमबाट नौ हजार ४५ जना लाभान्वित भएको जनाइएको छ ।

वडा प्रहरी कार्यालयले करिव एक वर्षको अवधिमा अदालतबाट फैसला भई फरार रहेका २५ जनालाई पक्राउ गरेको छ भने पक्राउ परेकाबाट ६ वर्ष १ महिना २८ दिन कैद र ९३ हजार ६५६ रुपियाँ जरिवाना असुल गरेको छ ।

चोरी, लुटपाट, झै–झगडा, कुटपिट, मादक पदार्थ सेवन, ठगी, सवारी दुर्घटना तथा अन्य मुद्दामा आवश्यक कार्बाहीको लागि २४१ जना र २० थान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

सो अवधीमा ६ हजार ६ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको पनि जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu