ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राइम सहकारी ठगी : १ अर्ब ५७ करोड बिगो दाबीसहित ६६ जनाविरुद्ध मुद्दा


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   १२ : ३७   बजे

काठमाडौं २८ जेठ । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको हो ।

सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रमणि र व्यवस्थापक निरु थापाको योजनामा नागरिकले राखेको बचतबाट व्यक्तिगत घरजग्गा किन्ने, फर्जी खात खोलेर रकम हिनामीना गर्ने, एजेन्ट नै राखेर मिटर ब्याजमा लगाउने तथा ऋणीबाट घरजग्गा उठाउनेजस्ता कार्य गर्ने सञ्चालक, मिटर ब्याजी र सरकारी कर्मचारीलाईसमेत मुद्दा लगाइएको छ ।

प्राइम सहकारीका सिइओ पौडेल, व्यवस्थापक थापासहित अहिलेसम्म ९ जना पक्राउ परेकोमा कानुनी सल्लाहकार ईन्द्र बराल बन्दी प्रत्यक्षीकरणको रिटमा रिहा भएका थिए । पक्राउ परेका सञ्चालक समितिका अध्यक्ष शंकर कार्की, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, मिटरव्याजी मनबहादुर गुरुङ ९माने०, उत्तम गुरुङको सोमबारबाट अदालतमा बयान सुरु हुँदैछ, बाँकी फरार छन् ।

पक्राउ परी हिरासतमा रहेका ८ र बन्दी प्रत्यक्षीकरणमा छुटेका एक जनालाई प्रहरीले सहकारी ठगीसहित विभिन्न मुद्दा चलाउन राय पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले भने कतिपय व्यक्तिको सन्दर्भमा मुद्दालाई कमजोर बनाउने गरी अदालतमा पेश गरेको आरोप लागेको छ ।

अधिकांश सबैको सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउनुपर्ने रायसहित अदालतमा मुद्दा दायर भएको छ । योसँगै प्रहरीले छुट्टै राजश्व छलीमा पनि मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको छ भने सरकारी कर्मचारी र घुस लेनदेन गर्नेविरुद्ध अख्तियार अनुसन्धान आयोगमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । मानबहादुर गुरुङ ९माने०सहितलाई मिटर ब्याजको कसुरमासमेत मुद्दा चलाउन राय पेश भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

सहकारीमा भएको अपचलन दबाउन र कार्यक्षेत्र विस्तार गर्न सहकारी विभागका कर्मचारीले नै घुस लिएकाले केही सरकारलाई कर्मचारीलाई पनि अदालतमा प्रतिवादी बनाइएको छ । करिब २ वर्ष अगाडिदेखि नै आर्थिक समस्या देखिएको सहकारीको रकम अपचलनमा नियमनकारी नियकायकै कर्मचारीले घुस लिनेदेखि गाडी मर्मत, होटलको बिल दिएको देखि विभिन्न देश घुमेकोसम्म अभियोग कर्मचारीमाथि छ ।

२०६६ सालमा दर्ता भएर सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की पोखराबाट २०७२ असारबाट बहुउद्देश्यीयमा रुपान्तरित भएको यो सहकारीको कार्यक्षेत्र सुरुमा पोखराका वडा नम्बर ३, ४, ५, ८ र ९ भर रहेकोमा अहिले कास्की, तनहुँ र गोरखा जिल्ला कार्यक्षेत्र कायम छ । यसको कार्यालय पोखरा महानगरपालिका–४ मा रहेकोमा लेखनाथ, बगर, नयाँपुल गरी ३ सेवा केन्द्रमार्फत कारोबार गरिरहेको थियो ।

सहकारीका सीईओ पौडेल, व्यवस्थापक थापा योजनामा बचत रकम व्यक्तिगत घरजग्गामा लगाउने, मोजमस्तीमा खर्च गर्ने, मिटर ब्याजमा लगाउने र पछि समस्या आउन थालेपछि त्यसलाई टाल्न झनै एकपछि अर्को घोटला गर्दै गएको वित्तीय प्रतिवेदनमा थियो ।

मानबहादुर गुरुङ ९माने० नाम गरेका व्यक्तिले सहकारीको रकम उठाउने, ऋणीबाट सस्तोमा घरजग्गा सकार्नेदेखि सहकारीलाई नै मिटर व्याजमा पैसा दिएर कमाउनेधन्दा बढी लागेको र सीईओलाई एकपछि अर्को अपचलनमा सघाउने गरेको पाइएको छ ।

ठूलो रकम व्यक्तिगत स्वार्थमा लगाउने र हिसाब नमिलेपछि त्यही मिलाउने प्रत्यत्नमा एकपछि अर्को दलदलमा प्रमुख प्रशासकीय अधिकृत पौडेल र व्यवस्थापक केसी फस्दै गएको देखिएको हो । उनीहरुको त्यही कमजोरी लुकाउनका लागि सहकारी विभागका कर्मचारीले घुस लिएको बयान उनीहरुले दिएका छन् ।

प्रहरी अनुसन्धानसहितको प्रतिवेदन र सरकारी वकिलको कार्यालयले पनि उनीहरुलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो । सहकारी विभाग, नयाँ बानेश्वर काठमाडौँबाट सहकारीको अनुगमनमा गएका शाखा अधिकृत सन्देशप्रसाद जोशी र नायब सुब्बा कमल पोखरेलले एउटा रिसोर्टमा बसेर २० लाख रकम माग गरेकोमा ८ लाख ५० हजार रुपैयाँ तत्काल दिएको र ६ लाख ५० हजार र महालक्ष्मी बैंकको खाता हालिदिएको बयान सीईओ र व्यवस्थापकले दिएका थिए ।

गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली कार्यक्षेत्र विस्तार गर्न स्वीकृति दिने नाममा पैसा लिएको प्रतिवेदनअनुसार अदालतमा उनलाई पनि प्रतिवादी बनाइएको छ । उनले १६ लाख रुपैयाँ लिएको प्रतिवेदनमा थियो ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्राचार्यको जिम्मेवारीमा रहेका उपसचिव वद्रीनाथ अधिकारीमाथि पनि सहकारी अनियमितताको आरोप छ । पटकपटक रकम माग्ने र विभिन्न व्यक्तिहरुको खर्च संस्थामा बिल मिलाउन भनेको, गाडी बनाउन पैसा लिएको उनीमाथि अभियोग छ । उनले ७ लाख रुपैयाँसमेत लगेको सीईओ र व्यवस्थापनकले बयान दिएको प्रतिवेदनमा छ ।

सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदीले पनि सहकारीकै पैसाले विदेश भ्रमण गरेको अभियोग छ । राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख सन्तोष घिमिरे पनि सहकारीकै पैसाले विदेश घुमेको आरोप छ ।

एकबहादुर थापा ९कृष्णबहादुर थापा० केबी थापा एण्ड कम्पनीले ठूलो रकम लिएर सहकारीको अडिट गर्दा नै फर्जी अडिट गरेर अनियमितता गरेको अभियोग छ । सहकारीको रकम अनियमिततापछि लेखा परीक्षण नै फर्जी गर्ने, फर्जी मुनाफा र सेयर हालेको देखाउने गरेको पनि पाइएको थियो ।

काल्पनिक खाता खडा गरेर कर्जा प्रवाह गर्ने, सहकारी राम्रो छ भनेर देखाउन फर्जी लेखा प्रतिवेदनसमेत तयार पार्ने र बचतकर्तालाई चाहिँ सहकारी मुनाफा गएको देखाउन लाभांशसमेत वितरण गर्ने गरेको प्रतिवेदनमा जिकिर छ ।

प्रमुख प्रतिवादीलाई पक्राउ गरिएको र केहीलाई खोजी भइरहेको कास्की प्रहरी प्रमुख थापाले बताए । सहकारीबाट केही मान्छेले संगठित रुपमै ठूलो रकम हिनामिना गरेको पाइएको छ भने केहीले त्यसका लागि सघाएको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group