ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको दोस्रो वार्षिकोत्सवमा रास्वपाले साताव्यापी कार्यक्रम गर्ने


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   १२ : ५०   बजे

काठमाडौं २८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपाले साताव्यापीे कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपाले जनाएको छ ।

७ असारमा रास्वपा गठन भएको दुई वर्ष पुग्दैछ । उक्त दिन केन्द्रमा पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । राजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘पार्टीलाई सुझाव दिने वर्गलाई अलि बढी यसपटक समेट्दैछौं । पार्टीमा आबद्ध नभएर बाहिरबाट सल्लाह सुझाव दिनेहरुको बढी भन्दा बढी आमन्त्रण गर्नेछौं,’ सहमहामन्त्री बुर्लाकोटीले भने ।

पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले सञ्चार माध्यमका सम्पादकहरुलाई छुट्टै आमन्त्रण गर्ने भएको छ । सम्पादकसँग पार्टी नेतृत्वले छुट्टै चियापानसहितको छुट्टै कार्यक्रम बनाएको बुर्लाकोटीले जानकारी गराए ।

७ असारको बिहान वा अघिल्लो दिन सम्पादकसँग अनौपचारिक संवाद गरिने उनले जानकारी गराए । प्रदेश, जिल्ला, पालिका, वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन केन्द्रले परिपत्र गरेको छ ।

१ असारमा देखि हालसालै निर्माण सम्पन्न र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन गर्ने कार्यक्रम बनाइएको छ । ५ असारमा रक्तदान कार्यक्रम, सार्वजनिक स्थलहरुको सरसफाइ, ६ गते वृक्षारोपण कार्यक्रम राखिएको छ ।

रक्तदान, सरसफाइ, वृक्षारोपण, मैत्रीपूर्ण खेलकुदजस्ता कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, निजीक्षेत्र, क्लब, संघसंस्था समुदायसँग समेत सहकार्य गर्न केन्द्रले परिपत्र गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu