ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकप: नेपालको समूहमा रहेको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   ११ : ३७   बजे

काठकमडौं २९ जेठ । आइसिसी टी(२० विश्वकपमा नेपालको समूहमा रहेको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ।

सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका लगातार तेस्रो पटक विजयी हुने क्रममा बंगलादेशविरूद्ध ४ रनको रोमाञ्चक जित निकालेको हो।

दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो।

बंगलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे।

महमुदउल्लाहले २७ बलमा २ चौका प्रहार गरी २० रन जोडे।

कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा १ छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा कगिशो रबाडा र एनरिच नोर्त्जेले २र२ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर ११३ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले सर्वाधिक ४६ रन बनाए। उनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

डेभिड मिलरले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरी २९ रन जोडे

क्वीन्टन डीककले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी १८ रनको योगदान गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ बंगलादेशका तान्जिम हसन साकिबले ३, तास्किन अहमदले २ र रिशद होसेनले १ विकेट लिए।

लगातार तेस्रो जितसँगै श्रीलंकाले अन्तिम ८ मा स्थान पक्का गरेको छ। अब उसले अन्तिम खेल नेपालसँग खेल्नेछ।

समूहको दोस्रो स्थानमा रहेको बंगलादेशले दुई खेलमध्ये १ जित र १ हार ब्यहोरेको छ। बंगलादेशले अब नेपाल र नेदरल्याण्ड्ससँग खेल्नेछ।

नेदरल्याण्ड्स तेस्रो, नेपाल चौथो र श्रीलंका पुछारमा छ। दक्षिण अफ्रिकाबाहेक बाँकी तीन देशले दुईरदुई खेल खेलेको छ भने नेपालले एक खेल मात्रै खेलेको छ।

नेपालले अब श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu