ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असार १४ गते संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने तयारी


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   १२ : ०४   बजे

काठकमडौं २९ जेठ । आगामी असार १४ गते प्रतिनिधि सभाबाट ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ को संशोधन विधेयक विधेयक पारित गर्ने तयारी छ ।

संघीय संसद सचिवालयले हालै सार्वजनिक गरेको संसदीय क्यालेन्डरमा असार १४ गते संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने उल्लेख छ ।

सरकारले प्राथमिकतामा राखेको यो विधेयकको प्रतिवेदन २४ जेठमा प्रतिनिधि सभामा पेस भएको थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विधेयकको प्रतिवेदन १७ जेठमा सर्वसम्मतिबाट पारित गरेको थियो ।

१२ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता भएर अगाडि बढेको यो विधेयकले संवैधानिक परिषद्को बैठक बस्न र बहुमतका आधारमा निर्णय गर्न हाल रहेको कानुनी रिक्तताको अवस्थालाई चिर्नेछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्का तीन जना सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्नसक्ने गरी ३० मंसिर २०७७ र २० वैशाख २०७८ वैशाखमा अध्यादेश ल्याएका थिए ।

अध्यादेशअनुसार विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्त भएका थिए । उक्त अध्यादेश र अध्यादेश अनुसार भएको नियुक्तिविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

त्यसबेला अध्यादेशका कारण हटाइएको ऐनको कानुनी व्यवस्था अझै निष्क्रिय छ । त्यसलाई सम्बोधन गर्ने गरी सरकारले विधेयक ल्याएको हो । संशोधित विधेयकमा संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य हुने प्रावधान राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group