ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्को आन्दोलनको तयारीमा सङ्घर्ष समिति


एबीसी न्यूज
३ असार २०८१, सोमबार   ४ : ५२   बजे

काठमाडौं ३ असार । कोशी प्रदेश नामाकरण विरुद्ध सङ्घर्षरत रहेको प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नयाँ चरणको आन्दोलनको तयारी गरेको छ । ताप्लेजुङ सरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारबाट हालसम्मको आन्दोलनलाई बेवास्ता भएकोभन्दै समितिले अर्को नयाँ चरणको आन्दोलनको तयारी गरेको हो ।

शनिबार र आइतबार दुई दिन बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सङ्घर्ष समितिले कोशी नामाकरणविरुद्ध नयाँ चरणको आन्दोलन गर्ने जनाएको हो । सङ्घर्ष समितिका संयोजक एवम् किराँत याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनले आगामी मङ्सिर २ गते विराटनगरमा विशाल जनप्रदर्शनसहित नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

कोशी नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्र्नुपर्ने मुद्दासहित भइरहेको आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्तापक्ष अग्रसर नदेखिएकाले अर्को चरणको आन्दोलनको तयारी गरिएको येक्तेनले बताउनुभयो । उहाँकाअनुसार नयाँ चरणको आन्दोलनअन्तर्गत स्थानीय तहबाटै समानान्तर सत्ता सञ्चालनको अभ्याससहित सङ्घर्ष समितिले आन्दोलनलाई सशक्त बनाउने छ ।

प्रदेश सरकारले कोशी नामको प्रस्तावक रामबहादुर राना मगरकै नेतृत्वमा वार्ता टोली गठन गर्नु खेदजनक भएको उल्लेख गर्दै आन्दोलनका विषयमा निस्कर्षमा पुग्नेगरी वार्ता गर्ने भए अब भने अस्तित्वमा रहेका दलका नेतासहित मुख्यमन्त्रीको नेतृत्वमा मात्र वार्ता गर्ने समितिका नेतृत्व बताएका छन् । दुई दिने बैठकले कोशी खारेज गरी पहिचानका आधारमा पुनः नामाङ्कन गर्नुपर्ने लगायतका विभिन्न ११ बुँदे महत्वपूर्ण निर्णयहरु गरिएको सङ्घर्ष समितिका सदस्य तथा किराँत राई यायोक्खाका उपमहासचिव अर्जुन जन्मेली राईले बताउनुभयो ।

राईका अनुसार ११ बुँदे निर्णयअन्तर्गत पाथीभरामा निर्माण गर्न लागिएको केबलकार परियोजनाविरुद्ध मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति र केबलकार निर्माण खारेजी सङ्घर्ष समितिले गर्दै आएको आन्दोलनप्रति ऐक्यवद्धता जनाउने रहेको छ । त्यस्तै कोशी नामका पक्षमा मतदान गर्ने ८२ जना प्रदेश सांसद र पहिचानविरुद्ध अभिव्यक्ति दिने नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, प्रतिनिभिसभा सदस्य योगेशकुमार भट्टराई र एमाले नेता महेश बस्नेतलाई दबाब दिन उहाँका परिवार वा आफन्तमार्फत अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै, उहाँहरुलाई सार्वजनिक कार्यक्रममा निमन्त्रणा नगर्न नगराउन सबैसँग अनुरोध गर्ने पनि समितिले निर्णय गरेको छ । यसैगरी पुनः नामाङ्कनको पक्षमा भएको आन्दोलनका क्रममा पक्राउ गरिएका हस्तबहादुर लिम्बू ९आशिष साँवा० को रिहाइका लागि पहल गर्न पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा एक टोली निर्माण गरिएको छ ।

त्यस्तै तेस्रो जनआन्दोलन र पहिचानको मुद्दालाई सशक्त बनाउन मुद्दा मिल्ने राजनीतिक दल र संस्थासँग सहकार्य साथै मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय पनि समितिले गरेको छ।

सङ्घर्ष समितिको बैठकमा पहिचान पक्षधर नेताहरु कियाचु अध्यक्ष येक्तेन, ग्याल्जे शेर्पा, डकेन्द्रसिंह थेगिम, जीवन हाताचो राई, लाक्पा शेर्पा, प्राडा महेन्द्र लावती, मपूर्वमन्त्री गोपाल किराँतीलगायत सहभागी हुनुभएको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिङ्खिमले जानकारी दिनुभयो । बैठक सदरमुकाम फुङ्लिङस्थित स्नो लियोपार्ड होटलमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group