ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी चिकित्सक मुरथीको सोसल मिडिया प्लेटफर्महरूमा चेतावनी लेबल राख्न आह्वान


एबीसी न्यूज
४ असार २०८१, मंगलबार   ६ : ४७   बजे

 

सोसल मिडिया एडिक्सन :  संयुक्त राज्य अमेरिकाका सर्जन जनरल, डा. विवेक मुरथीले सामाजिक संजाल प्लेटफर्महरूमा चेतावनीका लेबल राख्न आह्वान गरेका छन् । यस्तो चेतावनीले अभिभावकहरूलाई किशोरावस्थामा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने बारे सचेत गराउँछ। यो प्रस्तावले युवा व्यक्तिहरूको मानसिक स्वास्थ्यमा सामाजिक संजालको नकारात्मक प्रभावको चिन्तालाई सम्बोधन गर्ने उद्देश्य राखेको छ । सजसमा यी प्लेटफर्महरू बालबालिकाको लागि सुरक्षित प्रमाणित गरिएको छैन भन्ने तथ्यलाई जोड दिनु पर्नेछ ।

डा. विवेक मुरथीले सामाजिक संजालको प्रयोगले किशोरहरूको मानसिक स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ भन्ने चेतावनी अनिवार्य गर्न कांग्रेसलाई आग्रह गर्ने बताएका छन् ।

डा. मुरथीले यो प्रस्तावको उद्धेश्यमा लामो समयसम्म सामाजिक संजालमा समय बिताउने किशोरहरूको मानसिक स्वास्थ्य समस्याहरू देखाउँदै गरेको अनुसन्धानको निचोड रहेको छ । ग्यालपको सर्वेक्षणले देखाएको छः अमेरिकी किशोरहरूले युट्युब, टिकटक, र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा औसतमा प्रति दिन ४.८ घण्टा विताउने गरेका छन् ।

डा. मुरथीको न्यूयोर्क टाइम्समा प्रकाशित निबन्धले सामाजिक संजालको जोखिमको सम्बोधन गर्ने आवश्यकतालाई सडक सुरक्षा र खाद्य सुरक्षाजस्ता अन्य ठूला सार्वजनिक स्वास्थ्य पहलहरूसँग तुलना गरेको छ। उनले यो मुद्दा खराब अभिभावकत्वको कारण नभएको औंल्याएका छन् । तर पर्याप्त सुरक्षा उपायहरू बिना शक्तिशाली प्रविधिहरूको परिणामस्वरूप यस्ता समस्या आएको कुरामा जोड दिएका छन् । उनले १९६५ मा चुरोटका प्याकेटहरूमा चेतावनीका लेबल लगाइएको ऐतिहासिक समानताहरूलाई पनि उल्लेख गरेका छन् । जसले दशकौंमा धूम्रपान दरलाई महत्वपूर्ण रूपमा घटाएको थियो।

म किन सोसल मिडिया प्लेटफर्महरूमा चेतावनी लेबल राख्न आह्वान गर्दैछु ? : डा. मुरथी

 

अनुसन्धानकर्ताहरूबीच सामाजिक संजालले प्रत्यक्ष रूपमा मानसिक स्वास्थ्य संकट ल्याएको हो कि होइन भन्ने विषयमा बहस चलिरहेको बेला, कतिपयले अन्य सामाजिक तनावहरूलाई औंल्याउँछन् । तर डा. मुरथीले लगातार यी प्लेटफर्महरूले पार्ने जोखिमहरूमा आफ्नो चिन्ता व्यक्त गरेका छन्। उनले २०२३ मा जारी गरेको सल्लाहमा सामाजिक संजालको प्रभावको जटिलतालाई स्वीकार्दै, सम्भावित जोखिमहरू र फाइदाहरू दुबैलाई पहिचान गरेर बालबालिकाको भलाइको संरक्षणका लागि तत्काल कदम चाल्न आह्वान गरेका छन्।

चेतावनी लेबलहरूको लागि उनको आह्वानले यो सार्वजनिक स्वास्थ्य चिन्तालाई सम्बोधन गर्ने उनको प्रयासहरूमा थप बल प्रदान गरेको छ । अभिभावकहरूलाई आफ्नो बालबालिकाको सामाजिक संजाल प्रयोगलाई सीमित गर्ने बारे सक्रिय कदम चाल्न र यी प्लेटफर्महरू युवा प्रयोगकर्ताहरूका लागि सुरक्षित बनाउन थप अनुसन्धान र नियमनको आवश्यकतालाई अरु बढी जोड दिएको छ।
न्यूयोर्क टाइम्सबाट ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group