ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदारको बदमासीले ठेक्का लागेको दश वर्षदेखि गुल्मीको सडक अलपत्र


एबीसी न्यूज
५ असार २०८१, बुधबार   १२ : १४   बजे

काठमाडौं ५ असार ।  २०७१ सालमा टेन्डर लागेको सडक कालोपत्रे अझै पनि निर्माण हुन सकेको छैन । २०७२ चैत ३० गते सम्पन्न गर्ने गरी सात करोड १९ लाख ८७ हजार ७० रुपियाँमा लोहनी एन्ड ब्रर्दश प्रालि चितवनले २०७१ असार ३१ गते सम्झौता गरेको थियो । तर अझै सडक कालोपत्रे हुन सकेको छैन ।

ठेकेदारले राजनीतिक आड र नियमन गर्ने निकायलाई प्रलोभनमा पारेर सडक निर्माणको जिम्मा लिएर दश वर्ष देखि काम नगरी अलपत्र पारेको हो । स्थानीयको दवाव पछि गुल्मीमा टेन्डर भएको झन्डै एक दशकपछि सडकको कालोपत्रेको काम सुरु गर्ने भएको छ । तम्घास – खाम्सेपानी – नयाँगाउ – नादी – सूर्यटारी सडकको अर्घाखाँची जिप पार्कदेखि जन्ते ढुङ्गा ९सिस्ने हार० सम्मको सडक कालोपत्रे अव कालोपत्रे हुने भएको छ ।

पटक–पटकको ताकेता र दबाबपछि मात्र निर्माण कम्पनीले लामो समयपछि धेरै पुरानो ठेक्का अर्घाखाँची जिप पार्कदेखि जन्ते ढुङ्गासम्म करिब तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्न लागेको हो । निर्माण कार्य सम्पन्न गर्नका लागि पटक९पटक म्याद थप्दा पनि काम सम्पन्न नभएपछि अहिले अन्तिम पटक असार मसान्तसम्म म्याद थप गरिएको थियो ।

निर्माण व्यवसायीको लापरबाहीका कारण काम हुन नसक्दा यो सडक अलपत्र अवस्थामा रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

सडक कालोपत्रे हुनासाथ यस क्षेत्रका नागरिकहरूले पाएको सास्तीको अन्त्य हुनेछ । गुल्मीको रेसुङ्गादेखि प्युठानको स्वर्गद्वारी जोड्ने यो एउटा महत्त्वपूर्ण सडक रहेको भन्दै पछिल्लो समय लुम्बिनी प्रदेशको राजधानी दाङ पुग्न पनि अत्यन्तै छोटो सडकका रूपमा रहेको नगरप्रमुख पन्थीले बताउनुभयो ।

यस सडक खण्डको साढे दुई किलोमिटरभन्दा बाँकी खण्डको केही ठाउँमा भने २ वर्षअघि नै कालोपत्रे भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu