ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुरमा खानेपानी सङ्कट, मागको आधा वितरण


एबीसी न्यूज
५ असार २०८१, बुधबार   १२ : २०   बजे

काठमाडौं ५ असार । बाँकेको कोहलपुरमा खानेपानीको मागभन्दा आधा जति मात्रै वितरण भइरहेकाले खानेपानीको सङ्कट चुलिँदै गएको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल दैनिक ५० लाख लिटर पानीको माग हुने गरेकोमा त्यसको आधा जति मात्रै अर्थात् दैनिक करिब २६–२७ लाख लिटर पानी वितरण भइरहेको जनाएको छ ।

संस्थाका अध्यक्ष टेकनारायण भुसालले अत्यधिक गर्मीका कारण खानेपानीको माग दिनदिनै बढ्दै गए पनि मागका आधारमा पानी पु¥याउन नसकिँदा पानीको ठुलो सङ्कट उत्पन्न भएको बताउनुभयो । संस्थाले अहिले उपभोक्ताको माग धान्न नसके पनि अन्य समयमा भने पर्याप्त पानी वितरण गर्न सक्षम भएको उहाँले बताउनुभयो । भुसालले भन्नुभयो, “विविध कारणले यो याममा पानीको माग अत्यधिक बढेको छ तर दुई तीन महिनापछि पानीको माग ह्वात्तै घटेर आधाआधीमा आउने गरेको छ ।” यो समयमा सबै उपभोक्तालाई पानी पु¥याउन हम्मे हम्मे परेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय अगुवा चेतनारायण भट्टराईका अनुसार कोहलपुरमा प्रत्येक दिन उपभोक्ताको सङ्ख्या बढिरहेको छ तर पानीको स्रोत भने आवश्यक मात्रामा बढ्न नसक्दा समस्या चुलिँदै गएको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाको तथ्याङ्क अनुसार कोहलपुरमा अहिले खानेपानीका करिब पाँच हजार सात सय उपभोक्ता छन् । अन्य वर्षमा भन्दा यस वर्ष कोहलपुरमा पानीको सङ्कट बढी देखिएको छ । लामो समयसम्म पानी पर्न नसक्नु र अत्यधिक गर्मी र खडेरीका कारण पानीका स्रोत सुक्नुले पनि समस्या बढेको देखिएको छ ।

भूमिगत स्रोतबाट पानी सङ्कलन गरेर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाले पानी पु¥याउन नसकेपछि वितरणको समयमा केही कटौतीसमेत गरेको छ । अध्यक्ष भुसालले भन्नुभयो, “अन्य सिजनमा हामी बिहान ५ घण्टा र बेलुकी ५ घण्टा पानी वितरण गथ्र्यौं तर यतिबेला तीन घण्टा मात्र वितरण गर्दै आएका छौँ । कुनै लाइनमा बिहान र कुनैमा बेलुकी पनि पानी छोड्दै आएका छौँ ।”

यही समयमा व्यक्तिका ह्यान्डपम्प र अन्य पानीका स्रोत सुकेकाले पनि खानेपानीमा माग ह्वात्तै बढेको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल कोहलपुरका सात वटा वडामा खानेपानी वितरण गरिरहेको छ । जसमध्ये सबैभन्दा बढी उपभोक्ता ११ नम्बर वडाका छन् ।

त्यसै गरी वडा नम्बर १ र २ का लागि नौ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेर त्यसै क्षेत्रका जनतालाई पानी वितरण गर्ने योजनामा पनि आफूहरू रहेको अध्यक्ष भुसालले जानकारी दिनुभयो । त्यसका लागि नेपाली सेनाको ब्यारेकको पछाडि १५ कट्टा दुई धुर जग्गा प्राप्त गर्ने काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group