ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सा शिक्षा आयोगका ४ निर्देशक छान्ने प्रक्रिया अघि बढ्यो


एबीसी न्यूज
५ असार २०८१, बुधबार   १२ : ३७   बजे

काठमाडौं ५ असार । चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले प्रारम्भिक छनोटमा परेका १२ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि डाकेको छ ।

उच्च अदालत पाटनले निर्देशक नियुक्ति प्रक्रिया अघि बढाउन आदेश दिएपछि प्रारम्भिक छनोटमा सफल भएका उम्मेदवारको अन्तर्वाता तथा प्रस्तुतीकरणका लागि समितिले असार ८ गते समय तोकेको हो । समितिको म‌ंगलबार बसेको बैठकले प्रारम्भिक छनोटमा परेकालाई अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि बोलाउने निर्णय गरेको हो ।

समितिले प्रारम्भिक छनोटमा परेका डा। कृष्णसागर शर्मा, प्रा।डा गुरुप्रसाद खनाल, प्रा।डा दिनेशकुमार लम्साल, डा। भीमसिंह त्रिकरी, प्रा। डा वन्दना गुरुङ शर्मा, डा। विजयचन्द्र आचार्य, प्रा। डा सरला श्रेष्ठ, प्रा।डा। सुजनबाबु मरहट्टा, प्रा।डा। सुदीप आचार्य, प्रा।डा। सुरज बज्राचार्य, प्रा।डा। स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याललाई अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि बोलाएको छ ।

चिकित्सा शिक्षा आयोग निर्देशकका ४ पद रिक्त छ । समितिले ०८० मंसिरमा माग गरेको निर्देशक पदका विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम प्रारम्भिक छनोट ९सर्ट लिस्ट०मा परेको थियो ।

समितिले ०८० मंसिर १६ गते सार्वजनिक भएको उक्त सर्ट लिस्टमा चित्त नबुझेको भन्दै उच्च अदालतमा रिट परेपटि छनोट प्रक्रिया रोकिएको थियो । अदालतले ०८० मंसिर २१ गते नियुक्ति प्रक्रिया तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

०८१ जेठ १३ गते उच्च अदालतले नै रिट निवेदन खारेज गर्दै समितिको पक्षमा पूर्ण फैसला गरेपछि निर्देशक नियुक्ति प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । त्यसपछि मङ्गलबार बसेको आयोगको बैठकले निर्देशक नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

समितिले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्नेछ ।

चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका बरिष्ठ सदस्य डा। रामकुमार फुयालको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए ।

सिफारिस समिति सदस्य प्रा। डा। रमेशकान्त अधिकारीले गत जेठ ३० गते राजीनामा दिएपछि र उनको स्थानमा प्रा। डा। अरुण सायमी असार २ गते सदस्य नियुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group