ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा दुई हजार तीन सय परिवार बाढीको जोखिममा


एबीसी न्यूज
५ असार २०८१, बुधबार   ६ : ५२   बजे

काठमाडौं ५ असार । झापाका चार पालिकाहरू बाढीको उच्च जोखिममा रहेका छन्। १५ पालिकामध्ये ४ वटा उच्च र थप अन्य चार पालिका आंशिक जोखिममा रहेका हुन्। जिल्लामा दुई हजार तीन सय घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बताएको छ।

समिति झापाले तयार पारेको मनुसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ अनुसार झापाका ४ वटा पालिका उच्च र थप ४ पालिका आंशिक जोखिममा रहेका छन्। उच्च र आंशिक जोखिम रहेका पालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक तयारी गर्दै आएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति झापाका सदस्य एवं नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार झापा गाउँपालिका, कचन कवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र गौरीगञ्ज गाउँपालिका बाढीको उच्च जोखिममा छन्। मनसुन सुरु भएसँगै यी पालिकामा डुबान सुरु भएको छ।

गौरादह नगरपालिका, कमल गाउँपालिका, कनकाई नगरपालिका र भद्रपुर नगरपालिका आंशिक जोखिममा रहेका छन्। ६ वटा पालिका कम जोखिममा र २ वटा पालिका भने बाढीको जोखिममा छैनन्। बुद्धशान्ति गाउँपालिका र हल्दिबारी गाउँपालिका जोखिम रहित पालिका हुन्।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उच्च जोखिममा रहेका पालिकाको स्थलगत निरीक्षण गरेर सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको छ। पूर्व तयारी अन्तर्गत सबै निकाय र आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।

तत्काल आवश्यक राहत र सहयोगका लागि कोष रहेको पनि उहाँले जानकारी दिनुभयो। ‘विपद्को पूर्व अनुमान गरिएकाले त्यसै अनुसारको सबै तयारी पुरा गरेका छौ’, बास्तोलाले भन्नुभयो। २ हजार ३ सय घर परिवार जोखिममा रहेको आफूहरूले तयार पारिएको योजनामा उल्लेख रहेको उहाँले उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu