ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा जालझेल देउवा, ओली र प्रचण्डकै चलखेल


एबीसी न्यूज
५ असार २०८१, बुधबार   ७ : ११   बजे

काठमाडौं ५ असार । सरकारको सहसचिव स्तरले नेतृत्व गर्ने नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा प्रधानमन्त्रीदेखि ठूला दलका सभापतिसम्मको स्वार्थको लडाइँले यसको सम्पूर्ण प्रक्रिया अन्योलमा परेको छ ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै स्वार्थ टकराएपछि धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सम्बन्धी सबै प्रक्रिया नै अन्योलमा परेको हो ।

बोर्ड अध्यक्ष नियुक्तिमा शीर्ष राजनीतिक नेतृत्व नै चलखेलमा लागेपछि त्यसको प्रत्यक्ष प्रभाव ‘सर्टलिस्ट’ मा परेका उम्मेदवारको अन्तर्वार्तामा परेको हो ।

उच्च राजनीतिक स्रोतका अनुसार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा बोर्ड अध्यक्षका प्रतिस्पर्धीमध्ये सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति दिलाउन चाहन्छन् । त्यो नभएर मुक्ति श्रेष्ठलाई भए पनि अध्यक्ष बनाउने उनीहरूको चाहना भएको स्रोतले बतायो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठ नेतृत्वको सिफारिस समितिमा गएर आवेदकहरूले आइतबार नै अन्तर्वार्ता दिइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनका उम्मेदवार भने चीरञ्जीवी चापागाईं रहेको विश्वस्त स्रोतको भनाइ छ । त्यसो नभए हाल नेपाल स्टक एक्सचेन्ज नेप्से० का प्रमुख कार्यकारी अधिकृत सीईओ० रहेका कृष्णबहादुर कार्कीलाई अध्यक्ष बनाउने उनीहरूको मनसाय छ ।

तर, एमाले अध्यक्ष ओलीले ‘सन्तोषनारायण श्रेष्ठलाई कुनै पनि हालतमा अध्यक्ष बनाउनुपर्छ’ भनेर दबाब दिएपछि प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुनले त्यसप्रति मुखले समर्थन जनाए पनि व्यवहारमा भने तीन जना उम्मेदवारलाई अन्तर्वार्तामै सहभागी नहुन उक्साएको स्रोतको दाबी छ ।

त्यही भएर माओवादी निकट भनेर चिनिएका चापागाईं, कार्की र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी सिफारिस समितिले अन्तर्वार्तामा दोस्रोपटक बोलाउँदा पनि नगएको स्रोतको भनाइ छ ।

बायाँबाट क्रमशः कृष्णबहादुर कार्की,चिरञ्जीवी चापागाईं र नवराज अधिकारी । तीनै जना अन्तर्वार्तामा सहभागी भएनन् ।
‘अन्तर्वार्तामा नजाने तीन जनामध्ये कार्की र अधिकारी अहिले पनि सरकारी कर्मचारी हुन्, अर्थ मन्त्रालयले बोलाएको अन्तर्वार्ता नै अवज्ञा गर्ने हिम्मत उनीहरूले कसरी गरेरु,’ उच्च राजनीतिक स्रोतले भन्यो, ‘प्रधानमन्त्री र अर्थमन्त्रीले काँध नथापी उनीहरूले यो हिम्मत गरेका होइनन् ।’

बुधबार दोस्रोपटक बोलाएको अन्तर्वार्तामा पनि उनीह तीन जना अनुपस्थित भएपछि सिफारिस समितिले अब कसरी अगाडि बढ्ने भनेर महान्यायाधिवक्ताको राय माग गर्ने निर्णय गरेको छ । तर, धितोपत्र सम्बन्धी ऐनमा सिफारिस समितिले कम्तीमा तीन जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने व्यवस्था छ ।

सिफारिस समितिले बोलाएको अन्तर्वार्तामा दुईजना मात्रै उपस्थित भएपछि तीन जनाको नाम सिफारिस गर्नै नसक्ने अवस्था सिर्जना भयो । यस्तो अवस्थामा अध्यक्ष नियुक्ति प्रक्रिया नै स्थगित हुने करिब निश्चित जस्तै छ ।

‘एमाले अध्यक्ष ओलीको दबाबलाई नाइँ भन्न नसकेपछि बरु यो प्रक्रिया नै रद्द गराउने दिशामा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुन पुगेका हुन्,’ बालुवाटार स्रोतले नै भन्यो ।

नत्र अध्यक्षका लागि आकांक्षा राख्दै आवेदन दिने तर सर्टलिस्टमा परेपछि अन्तर्वार्तामै नजाने गैरजिम्मेवार कार्य गर्दा उनीहरू दण्डित हुन सक्ने सम्भावना हुन्छ । ‘कुनै सरकारी कर्मचारीले आफ्नो विवेकले यस्तो जोखिम लिँदैन,’ स्रोतले भन्यो ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठनदेखि नै ‘फोहोरी राजनीति’ मिसिएको आकांक्षी आवेदक तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा। गोपाल भट्ट बताउँछन् ।

कसलाई अध्यक्ष नियुक्त गर्ने भन्ने कुरा पहिले नै तय गरेर विज्ञापन खोलिएको आरोप पनि उनले लगाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group